News Portal

  • बनगाड कुपिण्डेमा ४७ करोड ३८ लाख ८६ हजारको वजेट प्रस्तुत

    हिमाली संचार संवाददाता
    ४१५ पटक

    दुर्गा वि.सी./सल्यान : बनगाड कुपिण्डेको पाँचौ नगर सभामा ४७ करोड ३८ लाख ८६ हजार वजेट प्रस्तुत गरिएको छ । वजेट नगर उप प्रमुख मञ्जु यरीले प्रस्तुत गर्नु भएको छ भने निती तथा कार्यक्रम नगर सभाका अध्यक्ष तथा नगर प्रमुख गोविन्द कुमार पुनले गर्नु भएको छ। नीती कार्यक्रमले जनताका जनजवीकाका सवालमा वजेटले महत्वपुर्ण काम गर्ने दावि गरिएको छ ।

    शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक सञ्जाल, रोजगारि सिर्जना र कृषिलाई वढि महत्व दिएको छ । नीती तथा कार्यक्रम प्रस्तुत गर्दै पुनले महिला स्वास्थ्य संयसेविकाको भत्ता देखि गरिवी विपन्न बालबालिकाको शिक्षा स्वास्थ्य जस्ता कुरामा नगरले विशेष प्राथामिता दिने वताएको छ ।

    वजटले बनगाड कुपिण्डे वासिको सम्वृद्धिलाई टेवा पुर्याउने कृषि पेशाषलाई प्राथामितामा राखेको छ। चालु तर्फ २८ करोड १० लाख, पुजिगत तर्फ १९ करोड ८६ लाख, अनुदान खर्च ५० लाख, नेपाल सरकार वितीय समानीयीकरण तर्फको ३३ करोड ११ लाख, राजश्व वाडफाड ११ करोड २९ लाख २४ हजार र प्रदेश सरकारको समानीकरण तर्फको १ करोड ५ लाख वरावरको क्षेत्रगत वजेट प्रस्तुत गरिएको छ ।

    त्यसैगरी कृषि तर्फ ५० लाख,सिचाईमा ६९ लाख, पर्यटन प्रवद्धन तर्फ ६८ लाख, स्थानीय सडक सञ्जाल पुर्वाधारमा ५ करोड ३९ लाख, विधुतीकरणमा १ करोड २४ लाख, प्रशासनिक भवन निमार्णमा २ करोड, शिक्षामा २ करोड ११ लाख, स्वास्थ्य क्षेत्रमा १ करोड ५५ लाख,खेलकुद तर्फ २० लाख,खानेपानी १ करोड २० लाख र विपन्न तथा लक्षित क्षेत्रको लागि ८० लाख रकम विनीयोजन गरिएको छ ।

    नगर सभामा वडा नं. ५ का वडा अध्यक्ष कमल वि.क.जिल्ला समन्वय समिती सदस्य आशा वलीले शुभकाना मन्तव्य दिनु भएको थियो।

    पाँचौ नगर सभाको प्रमुख अतिथी कर्णालि प्रदेश सभाका सचेतक तथा प्रदेश सांसद गुलाव जंग शाहले उद्घाटन गर्नु भएको थियो। नगर सभाको उद्घाटन तथा शुभकामाना मन्तव्य दिने क्रममा शाहले नगरको विकासमा हातेमालो गररे अघि वढ्न अनुरोध गर्नु भएको छ ।

    सवै नगर सभा सदस्यहरुलाई विकासमा नमुना नगर पालिका निर्माणका लागि एकतावद्ध भएर लाग्न समेत उहाँले अनुरोध गर्नु भएको छ । नगर सभाको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्री र सञ्चालन हरिस तिरुवाले गर्नु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...