News Portal

बनगाड कुपिण्डेमा ४७ करोड ३८ लाख ८६ हजारको वजेट प्रस्तुत

हिमाली संचार संवाददाता
४७७ पटक

दुर्गा वि.सी./सल्यान : बनगाड कुपिण्डेको पाँचौ नगर सभामा ४७ करोड ३८ लाख ८६ हजार वजेट प्रस्तुत गरिएको छ । वजेट नगर उप प्रमुख मञ्जु यरीले प्रस्तुत गर्नु भएको छ भने निती तथा कार्यक्रम नगर सभाका अध्यक्ष तथा नगर प्रमुख गोविन्द कुमार पुनले गर्नु भएको छ। नीती कार्यक्रमले जनताका जनजवीकाका सवालमा वजेटले महत्वपुर्ण काम गर्ने दावि गरिएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सडक सञ्जाल, रोजगारि सिर्जना र कृषिलाई वढि महत्व दिएको छ । नीती तथा कार्यक्रम प्रस्तुत गर्दै पुनले महिला स्वास्थ्य संयसेविकाको भत्ता देखि गरिवी विपन्न बालबालिकाको शिक्षा स्वास्थ्य जस्ता कुरामा नगरले विशेष प्राथामिता दिने वताएको छ ।

वजटले बनगाड कुपिण्डे वासिको सम्वृद्धिलाई टेवा पुर्याउने कृषि पेशाषलाई प्राथामितामा राखेको छ। चालु तर्फ २८ करोड १० लाख, पुजिगत तर्फ १९ करोड ८६ लाख, अनुदान खर्च ५० लाख, नेपाल सरकार वितीय समानीयीकरण तर्फको ३३ करोड ११ लाख, राजश्व वाडफाड ११ करोड २९ लाख २४ हजार र प्रदेश सरकारको समानीकरण तर्फको १ करोड ५ लाख वरावरको क्षेत्रगत वजेट प्रस्तुत गरिएको छ ।

त्यसैगरी कृषि तर्फ ५० लाख,सिचाईमा ६९ लाख, पर्यटन प्रवद्धन तर्फ ६८ लाख, स्थानीय सडक सञ्जाल पुर्वाधारमा ५ करोड ३९ लाख, विधुतीकरणमा १ करोड २४ लाख, प्रशासनिक भवन निमार्णमा २ करोड, शिक्षामा २ करोड ११ लाख, स्वास्थ्य क्षेत्रमा १ करोड ५५ लाख,खेलकुद तर्फ २० लाख,खानेपानी १ करोड २० लाख र विपन्न तथा लक्षित क्षेत्रको लागि ८० लाख रकम विनीयोजन गरिएको छ ।

नगर सभामा वडा नं. ५ का वडा अध्यक्ष कमल वि.क.जिल्ला समन्वय समिती सदस्य आशा वलीले शुभकाना मन्तव्य दिनु भएको थियो।

पाँचौ नगर सभाको प्रमुख अतिथी कर्णालि प्रदेश सभाका सचेतक तथा प्रदेश सांसद गुलाव जंग शाहले उद्घाटन गर्नु भएको थियो। नगर सभाको उद्घाटन तथा शुभकामाना मन्तव्य दिने क्रममा शाहले नगरको विकासमा हातेमालो गररे अघि वढ्न अनुरोध गर्नु भएको छ ।

सवै नगर सभा सदस्यहरुलाई विकासमा नमुना नगर पालिका निर्माणका लागि एकतावद्ध भएर लाग्न समेत उहाँले अनुरोध गर्नु भएको छ । नगर सभाको सहजीकरण प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्री र सञ्चालन हरिस तिरुवाले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...