News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सरकारी अरिँगाल झपट रावलले गरे कांग्रेस सभापतिमाथि अमर्यादित शब्दको प्रयोग

    हिमाली संचार संवाददाता
    ३६८ पटक

    काठमाडौं : नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले कर बढाएर जनतालाई दुःख दिएको तथा झुठ बोलर हैरान बनाएको भनेर आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद झपट रावलले आपत्ति जनाएका छन् ।

    संसदको आइतबार बसेको बैठकमा कांग्रेसका सांसद चौधरीले प्रधानमन्त्री ओलीलाई ‘करप्रसाद’ र ‘झुठप्रसाद’को नाम राखिदिनुपर्ने भनेपछि नेकपाका सांसद रावल रिसाएका हुन् । रावलले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘छेरबहादुर’ भनेर सम्बोधन गर्नुपर्ने माग राखे ।

    सभामुख कृष्णबहादुर महराले सांसदद्वय चौधरी र रावलले बोलेका अभिव्यक्तिका शब्दप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उपयुक्त निर्णलय लिने बताएका छन् ।

    नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले दुईतिहाइको दम्भले गर्दा कम्युनिस्ट सरकारका अरिँगालहरूले आलोचना सुन्न पनि नसक्ने गरेको बताए । कर र झुठ बोलेका विषयमा पनि आलोचना गर्न नपाइने भयो ? सरकारी सेवा सुविधा खाएर बसेका अरिँगालहरूले अमर्यादित र व्यक्तिगत लाञ्छना लगाउने शब्दावली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि बोलिएको छ ।

    अत्यन्तै आपत्तिजनक छ’, उनले भने, ‘नेकपाका सांसदले आफ्नो मर्यादा भुल्नु भएको छ । उहाँले आफ्नो हैसियतअनुसारको टिप्पपणी गरेर कम्युनिस्टहरूको अधिनायकवादी चरित्र देखाउनु भएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद चौधरीले ओली नेतृत्वको कम्युनिस्ट सरकार असफल हुँदै गएको, काण्डै काण्डमा फसेको बताए । उनले प्रधानमन्त्री ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ भनेर नाम राख्न सुझाव दिए ।

    सांसद चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तारुढ नेकपाका सांसद रावलले कांग्रेसका सांसद चौधरीका अभिव्यक्ति असभ्य र अमर्यादित भाषालाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

    कांग्रेसका सांसद चौधरीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै गर्दा रावल आफैले पनि कांग्रेस सभापति देउवाप्रति अमर्यादित शब्द प्रयोग गरेर आलोचित बन्न पुगेका छन् । नेकपाका सांसद रावलले प्रतिपक्षी दलका नेतालाई आफूले शेरबहादुर देउवा होइन, ‘छेरबहादुर’ देउवा भन्न नपरोस् भन्दै चेतावनी दिए ।

    संसदमा बोल्ने भाषा सभ्य र सु–संस्कृत हुनुपर्ने भन्दै रावलले संसदमा बोलिने भाषाबाट नागरिकमा पर्ने प्रभावका बारेमा हेक्का राख्नुपर्ने बताउँदै गर्दा आफैले देउवाको अपमान गरेका छन् ।

    ‘प्रधानमन्त्री केपी ओलीलाई ‘करप्रसाद, झुटप्रसाद’ भन्नुभएको छ’, रावलले भने, ‘हामीले पनि प्रतिपक्षी दलका नेतालाई शेरबहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?

    नेकपाका सांसद रावलले व्यक्तिगत गालीलौजमा उत्रिएपछि नेपाली कांग्रेसका सांसदहरूले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कर बढाएको भनेर आलोचना हुँदै आएको छ ।

    ओली आफ्ले निर्वाचनका बेला दिएको आश्वासन पानीजहाज, रेल, पाइपलाइनबाट ग्यास, वृद्ध भक्ता पाँच हजार पुर्‍याउने जस्ता कुरा गरेपनि पूरा गर्न नसकेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आलोचना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    कश्मिरको आतङ्ककारी हमलामा परि बुटवलका युवाको निधन, शव आजै नेपाल ल्याइँदै

    काठमाडौं, वैशाख १० – जम्मू–कश्मिरमा भएको आतङ्ककारी आक्रमणमा परी एक नेपाली नागरिकले ज्यान गुमाएका छन्।...

    शंखरापुरको सानागाउँमा पारिवारिक बिवादले लियो ज्यान, श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

    काठमाडौं, वैशाख १० – काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित सानागाउँमा एक हृदयविदारक घटना सार्वजनिक भएको छ।...

    एनआरएनएको निर्वाचन तयारीमा निर्वाचन समिति सक्रिय

    काठमाडौं, वैशाख १० – यही वैशाख २० देखि २२ गते (मई ३–५, २०२५) सम्म काठमाडौंमा...

    आजको राशिफल

    आज वैशाख १०, २०८२ (अप्रिल २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कक्षा १२ को परीक्षा बहिष्कार : केन्द्राध्यक्षहरूद्वारा राजीनामा, शिक्षक आन्दोलनलाई समर्थन

    काठमाडौं, वैशाख ९ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तयारी गरिरहेकै...