News Portal

सरकारी अरिँगाल झपट रावलले गरे कांग्रेस सभापतिमाथि अमर्यादित शब्दको प्रयोग

हिमाली संचार संवाददाता
४७९ पटक

काठमाडौं : नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री खड्गप्रसाद ओलीले कर बढाएर जनतालाई दुःख दिएको तथा झुठ बोलर हैरान बनाएको भनेर आलोचना गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद झपट रावलले आपत्ति जनाएका छन् ।

संसदको आइतबार बसेको बैठकमा कांग्रेसका सांसद चौधरीले प्रधानमन्त्री ओलीलाई ‘करप्रसाद’ र ‘झुठप्रसाद’को नाम राखिदिनुपर्ने भनेपछि नेकपाका सांसद रावल रिसाएका हुन् । रावलले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘छेरबहादुर’ भनेर सम्बोधन गर्नुपर्ने माग राखे ।

सभामुख कृष्णबहादुर महराले सांसदद्वय चौधरी र रावलले बोलेका अभिव्यक्तिका शब्दप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उपयुक्त निर्णलय लिने बताएका छन् ।

नेपाली कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले दुईतिहाइको दम्भले गर्दा कम्युनिस्ट सरकारका अरिँगालहरूले आलोचना सुन्न पनि नसक्ने गरेको बताए । कर र झुठ बोलेका विषयमा पनि आलोचना गर्न नपाइने भयो ? सरकारी सेवा सुविधा खाएर बसेका अरिँगालहरूले अमर्यादित र व्यक्तिगत लाञ्छना लगाउने शब्दावली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि बोलिएको छ ।

अत्यन्तै आपत्तिजनक छ’, उनले भने, ‘नेकपाका सांसदले आफ्नो मर्यादा भुल्नु भएको छ । उहाँले आफ्नो हैसियतअनुसारको टिप्पपणी गरेर कम्युनिस्टहरूको अधिनायकवादी चरित्र देखाउनु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद चौधरीले ओली नेतृत्वको कम्युनिस्ट सरकार असफल हुँदै गएको, काण्डै काण्डमा फसेको बताए । उनले प्रधानमन्त्री ओलीलाई ‘करप्रसाद’ र ‘झुटप्रसाद’ भनेर नाम राख्न सुझाव दिए ।

सांसद चौधरीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तारुढ नेकपाका सांसद रावलले कांग्रेसका सांसद चौधरीका अभिव्यक्ति असभ्य र अमर्यादित भाषालाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

कांग्रेसका सांसद चौधरीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै गर्दा रावल आफैले पनि कांग्रेस सभापति देउवाप्रति अमर्यादित शब्द प्रयोग गरेर आलोचित बन्न पुगेका छन् । नेकपाका सांसद रावलले प्रतिपक्षी दलका नेतालाई आफूले शेरबहादुर देउवा होइन, ‘छेरबहादुर’ देउवा भन्न नपरोस् भन्दै चेतावनी दिए ।

संसदमा बोल्ने भाषा सभ्य र सु–संस्कृत हुनुपर्ने भन्दै रावलले संसदमा बोलिने भाषाबाट नागरिकमा पर्ने प्रभावका बारेमा हेक्का राख्नुपर्ने बताउँदै गर्दा आफैले देउवाको अपमान गरेका छन् ।

‘प्रधानमन्त्री केपी ओलीलाई ‘करप्रसाद, झुटप्रसाद’ भन्नुभएको छ’, रावलले भने, ‘हामीले पनि प्रतिपक्षी दलका नेतालाई शेरबहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न बाध्य भयौं भने के हुन्छ ?

नेकपाका सांसद रावलले व्यक्तिगत गालीलौजमा उत्रिएपछि नेपाली कांग्रेसका सांसदहरूले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले कर बढाएको भनेर आलोचना हुँदै आएको छ ।

ओली आफ्ले निर्वाचनका बेला दिएको आश्वासन पानीजहाज, रेल, पाइपलाइनबाट ग्यास, वृद्ध भक्ता पाँच हजार पुर्‍याउने जस्ता कुरा गरेपनि पूरा गर्न नसकेपछि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आलोचना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...