News Portal

मन्त्री बाँस्कोटाले नै यसरी झुट बोलेपछी..(भिडियो सहित)

हिमाली संचार संवाददाता
५१६ पटक

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले झुट बोलेका छन् । गुठी विधेयकका सम्बन्धमा शुक्रबार उनले आफूले ‘सामन्तवाद’ शब्द प्रयोग नगरेको दाबी गरेका हुन् ।

आरोप लगाइरहन पाइन्छ। पुष्टि गर्नु मुख्य कुरा हो। त्यतातर्फ फर्कन म अनुरोध गर्न चाहन्छु,’ उनको जवाफ थियो, ‘भन्दै नभनेको कुरा भन्यो भनेर रिउमर क्रियट गरेर, पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रमबाट मुक्त हुनुहोला।

प्रतिनिधिसभामा विनियोजन विधेयक ०७६/७७ अन्तर्गत मन्त्रालयगत छलफलमा मन्त्री बाँस्कोटाले सांसद्ले उठाएको प्रश्नको जवाफमा आफूमाथि आरोप लगाइएको दाबी गर्दै पुष्टि गर्न चुनौती दिए। ‘कहीं त्यस्तो पुष्टि भयो भने म त्यतिखेर नै सवाल जवाफ गरौंला, मैले त्यो भनेको पनि छैन,’ उनले थपे।

मन्त्री बाँस्कोटाले काठमाडौंको कुरा सांस्कृतिक र काठमाडौं बाहिरको विषय भूमि व्यवस्था, भूमिहीनसित जोडिएको मात्रै भनेको दाबी गरेका थिए। नभनेको कुरालाई भन्यो भन्ने, तीललाई पहाड बनाउने, नचलेको हावा चलाउन खोजेर राजनीतिक लाभको स्वार्थबाट आफूमाथि आरोप लगाइएको उनको भनाइ थियो।

बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले गुठी विधेयकको विरोधमा काठमाडौंमा उर्लिएको जनसागरलाई मन्त्री बाँस्कोटाले सामन्ती सोचको अवशेष भनेको बारे जवाफ मागेकी थिइन्।

मन्त्री बाँस्कोटाले जेठ ३० गते मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘सामन्तवादलाई अन्त्य गर्ने कि नगर्ने?’ उनले प्रश्न गरे, ‘गुठी, बेखारी, हलिया, कमलरीजस्ता प्रथाले सामन्तवादको आर्थिक, सामाजिक एवं राजनीतिक चरित्रको प्रतिनिधित्व गर्थे, तिनलाई हामीले भत्काउन खोजेका मात्र हौं।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...