News Portal

लघुकथा – ‘स्वार्थि सोच’

हिमाली संचार संवाददाता
११२० पटक

         – तपिकुमार सिंह ठकुरी

कुनै एक बिरानो राज्य थियो। त्यहाका रैतिहरु सबै सुखि/खुसिसँग बिताइ रहेका थिए। समयको बदलाव सँगै मान्छे प्रति शताब्दीमा होसियार र सचेतनशील बन्दै अाएको छ। त्यहि राज्यमा एक जना साधारण किसान पनि बस्थे। त्यो किसानका छोरा मध्ये एकजना अलि चतुर थियो। गाउँलेहरुको सोझोपनको फाइदा उठाउने ऊ सानै उमेरबाट दाउ खोजिरहेको थियो। कुनै एक दिन गाउँमा टाँठो/बाठो मान्छेलाइ नाइक (लिडर) बनाउने गाउँलेको निर्माण भयो।

सबै भन्दा बाठो सोहि किसानको छोरो रंगबिरलाइ गाउँको नाइके(लिडर)मा छानियो । नाइक हुनु भन्दा पहिला रंगबिरले सबैलाइ अास्वासन दिएको थियो। ‘मलाइ नाइके बनाउनुहोस् यदि म नाइके भैगे भने गाउँमा सब सुबिधा उपलब्ध गराउने छु, हाम्रो गाउँमा कोही भोकै बस्ने छैनन्, कोहि रोगि हुने छैनन्, छानो नभएकालाइ छानो दिन्छु, मुठी नभएकालाइ मानो दिन्छु, हाम्रो गाउँ झिलिमिली बनाउछु, दिन र रात के हो चिन्न नसक्ने बनाउछु’ सारा गाउँलेहरुले एकै साथ तालिले गडगडाहट् ठोकेर स्वीकारे। र रंगबिर अब गाउँको नाइक भयो।

रंगबिर केही समयको अन्तरालमा नै अाफ्नो रंग देखाउन सुरु गरिहाल्यो । सबै गाउँलेहरुलाई जम्मा गरेर एक दिन ‘ मेरा प्यारा गाँउले बासि हो अब हाम्रो गाउँ संसारकै राम्रो गाउँ बन्दै छ। थाहा छ तपाईहरुलाई म नाइक भएबाट कति गाउमा तरक्कि भएको छ त्यो तपाइहरुलाइ थाहै छ। अझै बिकाश गर्ने हो त्यो भएका कारण तपाईंहरुको सानो सहयोग चाहिएको छ। सबैले पैसा उठाउन पर्ने भयो। पैसा नदिनेलाई गाउँबाट कुनै सहयोग गरिने छैन’ भनेर भन्दा सबै गाउलेहरुका कन्चेटाबाट चिटचिट पसिना निकाल्न थाले। सबै मुखामुख हेर्न थाले। यो ‘कस्तो नाइक हुनेले पो देला नहुनेले के गर्ला…? सबै पश्चातापमा जिब्रो टोक्न थाले गाउँलेहरु।

हैकम रंगबिरको बडो खतरनाक चल्न थाल्यो गाउँमा। उस्ले प्रत्येक घरमा मान्छे पठायो रकम उठाउनको लागि। हुनेले पैसा दिए, नहुनेले अाफुसँग जे छ बाख्रा/कुखुरा/अनाज दिएर पठाए। उस्को अथवा रंगबिरको अत्याचार चरम सिमा भन्दा पनि बढी नै नाघिसकेको थियो।

एक दिन उस्ले गाउलेलाइ बोलाएर भन्यो ‘हेर गाउँलेहरु हो अब हाम्रो गाउँको बिचमा ठूलो तलाउ बनाउन पर्ने भएको छ मलाइ घरघर जान अप्ठ्यारो भयो । तलाउ बनाउने तेहि तलाउको बिचमा यउटा अग्लो स्तम्भ बनाउन पर्‍यो । तेहि अग्लो स्तम्भमा म बस्ने ठाउँ बनाउन पर्‍यो र म तेहिबाट हेरदेख गर्छु । ‘ नाइ भन्ने कसैमा अाँट थिएन। जबर्जस्ती मै योजना पारित भयो ।

काम सुरु गरियो रात दिन गरेर दुई महिनामै स्तम्भ निर्माण गरियो। स्तम्भ पनि नाइकले भने अनुरुमै तयार भएको थियो। त्यो स्तम्भबाट त्यो गाउँमात्रै नभएर कोषौ दुरदराजसम्म देखिन्थ्यो। उक्त स्तम्भमा चढ्नको लागि सयौ खुट्किला भएको भरयाङ् लगाइयो। एक दिन त्यो पनि अायो नाइक स्तम्भमा अासन गर्ने दिन। रंगबिरले भन्यो उस्का अासेदासेहरुलाइ ‘जस्तै म भरयाङ् चढ्दै उक्लन्छु भर्‍याङ्का खुट्किलाहरु फाल्दै जानु ‘ अादेश दियो । सबै गाउँलेहरुको भेला थियो। जस्तै रंगबिर भर्‍याङ् चढ्दै जान्छ त्यस्तै खुट्किलाहरु तोड्दै गइयो। अन्तिममा स्तम्भमा पुग्यो। उ अाफुलाइ सर्बेसरह महसुस गर्न थाल्यो। उस्ले यो सोचेन कि तल अोर्लदा कसरी अोर्लने भनेर। बस् उस्ले त यति मात्रै सोच्यो कि म भन्दा अर्को कुनै यो गाउमा नअाोस्।

केहि समय बितेपछि तल अोर्लनु पर्ने भो तर सम्भब नै थिएन। उस्ले बोलाको न त सुनिन्थ्यो नत तलबाट बोलाको सुनिन्थ्यो। त्यहाबाट सबै गाउले र उस्का अासेपासे सबै गइसकेका थिए। उस्ले सोच्यो मर्नु भन्दा बौलाउनु सहि भनेर माथिबाट हाम ठोक्यो तेति अग्लो ठाउँबाट खस्दा बच्ने सम्भाबना नै थिएन। तल हाम फाल्दा नाइक माथि पुगिसकेको थियो। रातिको समय हुँदा तलाउको किनाराबाट लास जंगलि स्यालहरुले निकालेर जंगलमा लगेर खाए ।

त्यसैले भनिन्छ अति गर्नु तर अत्याचार नगर्नु जब अत्याचारको अन्त्य हुँदा यसैगरी हुन्छ। जनताको रगत/पसिनाको मूल्यमा यति शक्तिशाली हुन्छ अन्तिममा श्रापमा परिणत हुदा परिणाम भयानक हुन्छ। ब्यक्तिगत स्वार्थको सोचले मान्छेलाइ बिलिहिन बनाउछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...