News Portal

भैरवडाँडामा एक महिला मृत फेला

हिमाली संचार संवाददाता
७७० पटक

हेटौंडा, ७ असार : हेटौंडा–१, भैरवडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । भैरवडाँडा जंगलमा महिला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो।

उनको मृत्यु रहस्यमा रहेको स्थानीयको भनाइ छ। शुक्रबार विहान करिब ७ बजे एक स्थानीयले भैरवडाँडाको पाथीभरा मन्दिरनजिक रुखमा आड लागेको अबस्थामा शव देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोली उक्त स्थानमा पुगेको थियो।

घटनास्थल पाथीभरा मन्दिर जाने सिंढीको बाटोबाट करिब २० मिटर तल पर्छ। घटनास्थललाई सिल गरेर अनुसन्धान सुरु गरिसकिएको छ । घटना र घटनास्थलको प्रकृति हेर्दा उनको ढुंगाले हानेर हत्या गरेर २० मिटर तल फ्याँकिएको पाइएको छ । शव सालको रुखमा अल्झिएको अबस्थामा छ ।

घटनास्थल वरपर खप्परका हड्डी फुटेको र गिदी छरपष्ट अबस्थामा पाइएको छ । रगत लागेका ढुंगा र मृतकको लुगा रगतले भिजेको छ भने कपाल च्याप्न प्रयोग भएको काँटा टुक्राटुक्रा अबस्थामा छरिएको पाइएको छ । घटनास्थल हेर्दा उनलाई हत्या गरेर फ्याँकिएको देखिएको छ ।

करिब २५ वर्षकी तराईमूलकी देखिने मृतकको पहिचान खुलेको छैन । प्रहरीले कुकुर प्रयोग गरी अभियुक्त खोजी थालनी गरेको छ । प्रहरी उपरीक्षक सिंहले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...