News Portal

भैरवडाँडामा एक महिला मृत फेला

हिमाली संचार संवाददाता
८१२ पटक

हेटौंडा, ७ असार : हेटौंडा–१, भैरवडाँडामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । भैरवडाँडा जंगलमा महिला मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो।

उनको मृत्यु रहस्यमा रहेको स्थानीयको भनाइ छ। शुक्रबार विहान करिब ७ बजे एक स्थानीयले भैरवडाँडाको पाथीभरा मन्दिरनजिक रुखमा आड लागेको अबस्थामा शव देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको टोली उक्त स्थानमा पुगेको थियो।

घटनास्थल पाथीभरा मन्दिर जाने सिंढीको बाटोबाट करिब २० मिटर तल पर्छ। घटनास्थललाई सिल गरेर अनुसन्धान सुरु गरिसकिएको छ । घटना र घटनास्थलको प्रकृति हेर्दा उनको ढुंगाले हानेर हत्या गरेर २० मिटर तल फ्याँकिएको पाइएको छ । शव सालको रुखमा अल्झिएको अबस्थामा छ ।

घटनास्थल वरपर खप्परका हड्डी फुटेको र गिदी छरपष्ट अबस्थामा पाइएको छ । रगत लागेका ढुंगा र मृतकको लुगा रगतले भिजेको छ भने कपाल च्याप्न प्रयोग भएको काँटा टुक्राटुक्रा अबस्थामा छरिएको पाइएको छ । घटनास्थल हेर्दा उनलाई हत्या गरेर फ्याँकिएको देखिएको छ ।

करिब २५ वर्षकी तराईमूलकी देखिने मृतकको पहिचान खुलेको छैन । प्रहरीले कुकुर प्रयोग गरी अभियुक्त खोजी थालनी गरेको छ । प्रहरी उपरीक्षक सिंहले घटनाको सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...