News Portal

मृगौला पीडित हेमन्त सिंह ठकुरीका घरमै पुगे डा.पारस !

हिमाली संचार संवाददाता
१०८८ पटक

बाँके, ५ असार : साविकको मध्य तथा सुदूरपश्चिमका बिरामी हेर्ने भेरी अस्पताल नेपालगन्जमा कार्यरत डा.पारस श्रेष्ठलाई अस्पतालमा दिनहुँजसो आउने विरामी चेकजाच गर्न भ्याईनभ्याई हुन्छ । बाहिरी दुनियाँ भन्दा विरामीको उपचारमा डा.श्रेष्ठको दिन बित्ने गर्छ । डा.श्रेष्ठलाई सामाजिक सन्जाल हेर्ने फुर्सद बिरलै हुन्छ । त्यसो त उहाँ फुर्सदमा इन्टरनेटमा समाचार खोज्ने गर्छन् ।

बुधबार विहानै डा.श्रेष्ठले आफ्नो मोबाइल चलाउँदै जाँदा सामाजिक सञ्जालहरुमा पीडाबोध गराउने समाचार हेरे । कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित दिदीको घरमा बस्दै आएका मृगौला पीडित हेमन्त सिंह ठकुरीका बारेमा सामाजिक सञ्जालमा भेटिएको समाचार पढेपछि डा.श्रेष्ठलाई खुल्दुली लाग्यो । मृगौला रोग विशेषज्ञ डा.श्रेष्ठले समाचार पढेपछि बिहीबार मृगौला पीडित हेमन्तकै घरमा पुगे ।

डा.श्रेष्ठले मृगौला पीडित हेमन्तसँग करिब १ घण्टा बिताए । उनले मृगौला पीडित हेमन्त र उनकी दिदी सुमित्रा सिंह ठकुरीसँग डा.श्रेष्ठले जिज्ञासा राख्दै बिरामीको अवस्था, उपचार लगायतका विषयमा सोधे । सो क्रममा डा.श्रेष्ठले मृगौला पीडित हेमन्तको स्वास्थ्य चेकजाँच समेत गरेका थिए । डा.श्रेष्ठले उपचारका लागि आफ्नो सबै सहयोग तथा निगरानीमा राख्ने बताएपछि हेमन्तको अनुहारमा मुस्कान देखिएको थियो ।

स्वास्थ्य बिग्रिँदै गएपछि उठबस गर्न समेत समस्या भइरहेका बेला स्वास्थ्य अवस्थाका बारेमा चासो राख्दै डा.श्रेष्ठ घरमै पुगेपछि मुस्कुराउँदै मृगौला पीडित हेमन्तले भने, ‘मेरो घरमा भगवान आउनुभएको छ । मलाई भगवानले बचाउनुहुन्छ भन्ने आश जागेको छ ।’ आफुले मृत्यु कुरिरहेको बताउँदै मृगौला पीडित हेमन्तले भने, ‘मिडियाकै कारण डाक्टर सा’ब मेरो घरमा पुग्नुभयो । मलाई देउता नै घरमा पुगेजस्तो लागेको छ । उहाँ त भगवानै हुनुहुँदोरहेछ ।

डा.श्रेष्ठसँगै नेपालगन्जको यसोदा फार्मेसी र यसोदा इन्दे्रणी डाइगोनोष्टीका सञ्चालक रोशन केसी, स्वास्थ्य प्राविधिक किरण चौधरी पनि हेमन्तको घरमा पुगेका थिए । उनीहरुले उपचारका क्रममा लाग्ने औषधि तथा अन्य परिक्षण शुल्क ब्यहोर्ने बताएका छन् । ‘हेमन्तको उपचारका लागि आफूहरुका तर्फबाट पूर्ण सहयोग हुन्छ,’ फार्मेसी सञ्चालकद्वयले भने, ‘हामीले ल्याब परिक्षणका लागि हेमन्तको रगतको नमूना पनि लिएका छौं ।

हेमन्तले औषधि र खानेकुरा समय मिलाएर खाने गरे भने एक महिनामै हिँडडुल गर्न सक्ने डा.श्रेष्ठले बताए । हेमन्तसँग करिव एक घण्टा बिताएका डा.श्रेष्ठले उपचारमा चिन्ता नगर्न आग्रहसमेत गरे । उनले भने, ‘हेमन्त तिमीले चिन्ता नगर्नु, हामी सन्चो बनाउछौं ।’ डा.श्रेष्ठ मृगौला पीडित हेमन्तलाई फेरी भेट्ने बाचा गर्दै नेपालगन्ज फर्किएका थिए ।

हेमन्तकी दिदी सुमित्राले भनिन्, ‘भाईको उपचारमा आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेका थियौं । भाईले मृत्युलाई कुरिरहेको छ, यहिबेला डाक्टर सा’ब भगवान बनेर घरमै आउनुभयो । अब भाईलाई निको हुन्छ भन्ने आश पलाएको छ ।’ हेमन्तको उपचारमा पूर्ण सहयोग हुने बताउँदै एसोदा फार्मेसीका प्रोपाइटर स्नेहा थापाले भनिन्, ‘औषधि र ल्याव खर्च हामीले ब्यहोर्छौ । यो हाम्रो जिम्मेवारी हो, कसैको जीवन रक्षा हुन्छ भने सहयोग गर्नुपर्छ ।

२८ वर्षीय हेमन्त कामको सिलसिलामा गत कार्तिकमा पोखरा गएको १७ दिनपछि विरामी भएर काम गर्न नसकेपछि घर फर्किएसँगै भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना गरिएको थियो । गत मंसीर ७ गते भेरी अस्पतालले दुवै मृगौला फेल भएको जानकारी गराएसँगै उपचारका लागि आर्थिक अभाव झेलिरहेको हेमन्तको परिवारमा डाक्टर घरमै पुगेसँगै खुशीयाली छाएको छ ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...