News Portal

कबिता ~ बिलापीएकी चरी

हिमाली संचार संवाददाता
७११ पटक

अाफु नजिकैकाे
त्याे निलाे अाकाश
नाप्न गहिराई सम्म
पुग्न खाेज्दाकाे ठाउ
अलपत्रै अाँखी
झ्यालका पर्दा पछाडी
अाेथाराे बसेकी पाेथिसगै
रूगालाे बसेर दिन बिताउने
उहि अाहारकाे खाेजीमा
नया अाउने सन्तानकाे
साेच्मा दिन चार्य बित्ने
अाशा नकतै पानिकाे
घुड्काे नकतै कुलाे नहर
नकतै सितल छहारी
जता ततै उराठ लाग्ने
मरूभूमि बालुवाका
खानी मात्र खानी
बर्षमा हजाराै चाेटी
खडेरीकाे हावा हुरी
बालुवाकाे गुम्टाे अाेढेर

अनमस्त अाफ्नै पाटाेमा
थला बसेकाे धर्ति जाे
प्रचन्ड घामका राप
पिठिउँमा बाेकेर
घन्टाैसम्म काे यात्रा
पछि समुन्द्काे पानिले
प्यास मेटाउदा सगै
उठेकाे छालले
गर्लम अंगालाे मार्ने
जमर्कामा अाफु
हराएकाे पत्तै हुदैन
दिन बित्दै जान्छ
स्वर्ग बासी श्रीमान
काे ईन्तेजारमा
समयकाे दाैडानसगै
बाबु खाेच्छन बचेराले
सुनामी एकै चाेटी अाए झै
काहानी सुरू हुन्छ

बैसालुपनमा
समकाली समय
पश्चायत फूलका डाली
साना ठुला बाेट बिरूवाकाे
डाली बैसालु याैवन ईत्रैदै
खुशी र उमङ साट्दै
कहिलाे माथि अाकाश सम्म
कहिले जंधारका तरेलीसम्म
दुखमा जिबनकाे बैसाखी
टेकेर खुसीमा उन्मादकाे
हासाे फालेर

जवानीकाे मात चढेर
घर फर्किन छाडेकाछन्
बचराले उता पटपटाउदै
अामा पति बिषाेगमा परी
अाफ्नाे रैथाने थलाे छाेेडि
बिन्दास बन्छीन समयका
कालन्तरमा नव दम्पती
लिएर अाएकाे सन्तान
अामा नहुदाकाे दुखेसाे
पाेख्ने ठाउ पाउँदैन

अाकाश सम्म उड्छ
धर्ति तलसम्म खाेज्छ
कहि कतै नपाए पछि
बिरहकाे भाखा खाेली
तिनै बन जंगललाई
अात्मा साथ गरी
देह त्याग गरिन पुग्छ
बिधसवा श्रीमति
तपस्या र त्यागमा यहि
अामाकाे पिडाे
थाम्न पुग्छिन्
बाला बाला हुर्किदै
बढ्दै जान्छन् जाे
उही अाफु नजिकैकाे
त्याे निलाे अाकाश
माथि नाप्न गहिराई सम्म
पुग्न खाेज्दाकाे।।

जानुका खतिवडा
धनकुटा, हाल : कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...