News Portal

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट मोटो रकम लिएर विद्यार्थी पास गराउने गिरोह पक्राउ

हिमाली संचार संवाददाता
४३० पटक

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको आवरणमा फेल भएका विद्यार्थीहरुबाट मोटो रकम लिएर पास गराउने गिरोहलाई नियन्त्रणमा लिएको छ ।  अख्तियारले परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका प्रमुख रामु कर्मचार्यसहितको टोलीलाई पक्राउ गरेको हो ।

उनीहरुले परीक्षामा फेल भएका विद्यार्थीहरुबाट मोटो रकम लिएर पास गराउने गरेको सूचना प्राप्त भएपछि अख्तियार टोलीले उनीहरुको पिछा गरेको थियो ।  अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा फेल भएका र कम अंक ल्याएका विद्यार्थीलाई बढि अंक थपेर मोटो रकम लिने गिरोह मध्येका दुई जनालाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाका आधारमा अधिवक्ता समेत रहेका विद्यार्थी सुरेन्द्र कोइरालाबाट स्नातकोत्तर तह अर्थशास्त्र विषयमा सबैभन्दा बढि अंक हालिदिन कर्मचार्य र कोइरालाबीच आर्थिक लेनदेनको जानकारी पाएपछि अख्तियारले उनीहरुको पिछा गरेको थियो । कर्मचार्य गत साता पक्राउ परेका थिए भने कोइराला बुधबार (आज) पक्राउ परेका छन् ।

कोइरालाले यसअघि ४ वटा विषयमा स्नातकोत्तर तह पास गरेका थिए । र, उनी अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा स्नातकोत्तर तह अध्ययनरत थिए । उनलाई स्नाकोत्तर तहमा ‘गोल्ड मेडलिष्ट’ हुने रहर जागेको थियो । त्यही रहरलाई पूरा गर्न कोइराला विचौलियामार्फत परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखा प्रमुख कर्मचार्यसँग सम्पर्क भएको थियो । उनीहरुबीच मोटो रकमको डिल भएपछि कर्मचार्य कोइरालालाई पर्याप्त नम्बर थपेर ‘गोल्ड मेडलिष्ट’ बनाउन तयार भएका थिए । अन्तत उनीहरु दुबै अख्तियारको फन्दामा परेका हुन् ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार कर्मचार्य र कोइराला प्रक्राउ परेको जानकारी दिए । तर उनले थप अनुसन्धान भइरहेकाले विस्तृतमा जानकारी दिन नमिल्ने बताए । यसैबीच त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित विज्ञान संकायका सहायक डिन शम्भुप्रसाद पट्टेल वुधबार पक्राउ परेका छन् । विभिन्न कलेजको नविकरण गर्ने क्रममा घुस लिँदालिँदै पट्टेल पक्राउ परेका हुन् । उनलाई अख्तियारको विशेष टोलीले ५० हजार घुस लिँदालिँदै बुधबार कीर्तिपुरस्थित टयाङलाफाटबाट पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...