News Portal

सांसद गुरुङद्वारा अहिलेको बजेटले महिला र यूवालाई उपेक्षा गरेको आरोप

हिमाली संचार संवाददाता
४७५ पटक

पोखरा, ३ असार : गण्डकी प्रदेशसभाकी सांसद मनकुमारी गुरुङले सरकारले प्रस्तुत गरेको बजेटले यूवा र महिलालाई उपेक्षा गरेको आरोप लगाएकी छिन् ।

संसदमा बजेटमाथी छलफल गर्दै उनले अहिलेको बजेटले स्वरोजगार सिर्जना गर्ने र यूवालाई विदेश पलायन हुनबाट रोक्नु आकर्षक कार्यक्रम दिन नसकेको बताईन् ।

सांसद गुरुङले सदनमा गरेको सम्बोधन जस्ताकोतस्तै :

माननीय सभामुख महोदय, यस गरिमामय सभामा गण्डकी प्रदेशको सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङद्धारा आर्थिक बर्ष २०७६÷०७७ को बजेट प्रश्तुत भएको छ । यसका लागि धन्यवाद दिन चाहान्छु । समृद्ध प्रदेश र सुखी नेपालीको नारा लिएर हिडेको यो सरकारले आज तेश्रो बजेट ल्याएको छ ।
सारा प्रदेशबासी बडो उत्सुकताका साथ सुनिरहेका र हेरिरहेका थिए । के यो बजेटले दुर दराजमा रहेका, विदेश पलायन भएका नेपाली जनतालाई सम्बोधन गरेको छ त ? आधा धर्ती समेटेका महिलाका लागि यसले सम्बोधन गरेको छ ? मेरो प्रश्न छ ।

यूवाहरुको लागि भनेर ५ करोड रुपैयाँ छुट्याएको छ । अहिलेको जल्दोबल्दो समस्या भनेकै बैदेशिक रोजगार हो । यूवाको विदेश पलायन हो । समृद्ध प्रदेश बनाउन चाहिने यूवा अहिले विदेशमा छन् । देशमा यति ठूलो बेरोजगारी छ । यूवालाई पर सारेर देश समृद्ध बन्न सक्दैन । दक्ष जनशक्तिलाई नेपालमै रोक्नका लागि यथेष्ट सम्बोधन भएको छैन ।

होमस्टेका लागि २५ करोड भनेर छुट्याईएको छ । ४४ वटा पर्यटकीय गन्तब्यमा पूर्वाधार बनाउनको लागि १७ करोड मात्रै छ । कुन चाहीँ शीर्षकमा कति बजेट राख्नुपर्ने हो ? कुन कार्यक्रम बढी प्राथमिकतामा राख्ने भन्ने हेक्का सरकारले गर्न सकेन ।

दुईवटा प्रदेश स्तरीय औद्योगिक क्षेत्रमा २ करोड भनेको छ । यति थोरै पैसाले औद्योगिक क्षेत्र बन्छ ? प्राणी उद्यानमा मात्रै ५ करोड विनियोजन भएको छ । केलाई आधार मानेर बजेट विनियोजन गर्छ सरकारले ? स्पष्ट पार्न अनुरोध गर्छु ।

महिला र लक्षित बर्गको लागि भनेर १० हजार जनालाई रोजगारीका लागि तालिम दिन १७ करोड छ । यो कसरी सम्भव हुन्छ ? आईएनजीओ र एनजीओले प्रशस्त तालिम दिईसकेको छ । अहिलेसम्म लिएको सीप चाहीँ कहाँ लगेर ब्यवस्थित गर्ने ? तालिम दिएर मात्रै केही हुँदैन । तालिम लिएपछि त्यसको प्रयोग गर्न पाउने ज्ञारेण्टी सरकारले गर्नुपर्छ । अहिलेसम्म तालिम लिएको सीपको नै उपयोग भएको छैन । फेरि तालिम भनेर बजेट ल्याउँदा ब्यवहारिक हुन सकेन ।

पर्यटनबाट समृद्धी हासिल गर्ने भनेर हिडेका हामीले पर्यटनको पूर्वाधार बनाउन कति रकम छुट्यायौं ? हाम्रो प्राथमिकतामा पर्यटन किन परेन ? यो चाहीँ मलाई चित्त बुझेन । यो बजेटले सबैलाई अपनत्वको भावना जगाउन सक्दैन । सबै जनताले मेरो हो भनेर भन्न सक्ने भएन ।

कार्यकर्ता मुखि बजेट हुनु भएन । यसलाई परिमार्जन गरियोस् । हामीले सोचेका थियौं कि धेरै बजेट खर्च होला भन्ने । तर सोचेअनुसार खर्च भएन । बजेट पनि खर्च गर्न नसक्ने प्रदेश कसरी समृद्ध हुन्छ ? अन्त्यमा फेरि भन्छु–यूवालाई बाईपास गरेर ल्याएको बजेट समाजवाद उन्मुख हुन सक्दैन । यसले समृद्ध प्रदेश बनाउन सक्दैन । महिला र यूवाले बजेटलाई आफ्नो भन्ने अवस्था सिर्जना गरियोस् ।

प्रतिकृया दिनुहोस्

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...