News Portal

फेसबुक स्टाटस लेखेकै कारण पाइलट विजय लामा जापान जान वञ्चित

हिमाली संचार संवाददाता
८८५ पटक

काठमाडौँ, ३ असार : सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेको कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट वञ्चित भएका छन्। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन विजय लामालाई टोलीबाट हटाएका हुन्। यो समाचार कान्तिपुर दैनिकले छापेको छ।

आगामी भदौ १२ देखि जापानको ओसाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट विजय लामालाई सोमबार जापान पठाउन लागेको थियो। निगमका एक उच्च अधिकारका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो।

साता लामो कार्यक्रमका लागि लामाबाहेक दुईजना भने सोमबारै थाई एयरको उडानबाट बैंकक हुँदै जापान गइसकेका छन्। पाइलट लामाले आफ्नो फेसबुक पेजमा सरकारले ल्याएको गुठी विद्येयकविरुद्ध स्टाटस लेखेको थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...