News Portal

फेसबुक स्टाटस लेखेकै कारण पाइलट विजय लामा जापान जान वञ्चित

हिमाली संचार संवाददाता
८४६ पटक

काठमाडौँ, ३ असार : सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेको कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट वञ्चित भएका छन्। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले क्याप्टेन विजय लामालाई टोलीबाट हटाएका हुन्। यो समाचार कान्तिपुर दैनिकले छापेको छ।

आगामी भदौ १२ देखि जापानको ओसाका उडानको तयारी गरिरहेको निगमले अध्यक्ष खरेल, वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल र पाइलट विजय लामालाई सोमबार जापान पठाउन लागेको थियो। निगमका एक उच्च अधिकारका अनुसार तीनै जनाको होटल र टिकटसमेत बुकिङ भइसकेको थियो।

साता लामो कार्यक्रमका लागि लामाबाहेक दुईजना भने सोमबारै थाई एयरको उडानबाट बैंकक हुँदै जापान गइसकेका छन्। पाइलट लामाले आफ्नो फेसबुक पेजमा सरकारले ल्याएको गुठी विद्येयकविरुद्ध स्टाटस लेखेको थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...