News Portal

  • नेकपाको पार्टी प्रवेश कार्यक्रममा सरकारी गाडीको दुरुपयोग गर्दै पुगिन पथरीशनिश्चरेकी उपमेयर बिष्ट

    हिमाली संचार संवाददाता
    ५०५ पटक

    पथरी, ३ असार : मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्ट बास्तोलाले सरकारी गाडीको चरम दुरुपयोग गरेकी छिन् । सार्वजनिक बिदाका दिन समेत उनले नेकपाको पार्टी प्रवेश कार्यक्रमको लागि सरकारी गाडीको दुरुपयोग गरेकी हुन् । यसरी सरकारी गाडीको चरम दुरुपयोग हुन थालेपछि स्थानीयबासीले यसको विरोध गरेका छन् ।

    चुनाब अघि यो पार्टीको त्यो पार्टीको भन्ने भएपनि चुनाव पछि हामी सबैको उपमेयर हुन्, यसरी सार्वजनिक विदाको दिन समेत गाडीको दुरुपयोग गर्दै पार्टीको कार्यक्रममा गाडी लिएर जानु कति असोभनिय छ, स्थानीयले प्रश्न गरेका छन् । त्यसो त अरु बेला पनि जनप्रतिनिधीहरुले गाडीको दुरुपयोग गर्दै आएको गुनासा नआएका होईनन्, तर गुनासाहरु आउछन् जान्छन् । गाडीको दुरुपयोग भईरहन्छ ।

    अर्को रोचक कुरा त के छ भने जुन कार्यक्रम भएको स्थल दुर्गा आधारभुत विद्यालय हो । जहाँ भब्य कार्यक्रम भयो । भनिन्छ, विद्यालय शान्ति क्षेत्र हो, विद्यालयमा राजनितिक कार्यक्रम सभा गर्न पाईदैन । तर त्यसको धज्जी उडाउदैं उपमेयरको उपस्थितीमा कार्यक्रम भएको छ । सोहि कारण विद्यालय शैक्षिक क्षेत्रकी राजनैतिक कार्यक्रम गर्ने थलो भन्ने प्रश्न खडा भएको छ ।

    यसैविच उपमेयर बास्तोलाले गाडी दुरुपयोग गरेर गएको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस पार्टीका सक्रिय कार्यकर्ता पारस लिम्बू र फिफराज लिम्बुको नेतृत्वमा ९३ जना नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ८ को शुक्रवारेमा आयोजित पार्टी प्रवेश तथा टोल कमिटी गठन कार्यक्रममा उनीहरु नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका हुन । नेपाली कांग्रेस परित्याग गरि प्रबेश गरेका पारस लिम्बूले जनताको मर्म र दुखः बुझ्ने पार्टी नेकपा भएकोले अबबाट असल कार्यकर्ता भएर लाग्ने बताए ।

    कार्यक्रममा मन्तब्य राख्दै स्थानीय कमिटी निर्माणका सवालमा कार्यक्रमका प्रमुख अतिथि पार्टी प्रदेश कमिटी सदस्य युवराज बास्कोटाले नेकपाको राजनीतिक बैचारिक पक्षउपर जोड दिँदै राजनीतिक अधिकार प्राप्तिको लडाइँमा होमिएको नेकपा नेतृत्वको एकीकृत नेपाली कम्युनिष्ट शक्ति अब सुप्रबन्धकारी क्षमताका साथ अधिकार प्राप्तिको लडाइँमा लाग्नुपर्ने बताए ।

    कार्यक्रममा नगर उपप्रमुख यमुना बिस्ट बास्तोलाले नगरपालिकाले विकास निमार्णमा फड्को मार्दै गएको बताउदै नगरपालिकाले ८ वडामा विकास निमार्णमा धेरै ध्यान दिएको बताउँदै चुनावमा गरिएका वाचाँहरु पुरा गर्ने बताईन । वडा नम्बर ८ का नेकपाका संयोजक नबिन कार्कीले नव प्रवेसीलाइ स्वागत गर्दै वडाको बिकास र सम्वृद्धिमा पार्टीले सबै लाई समान ब्यबहार गर्ने बताए। हामीले यी तस्बिरहरु नविनजंग कार्कीको फेसबुकबाट लिएका हौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...