News Portal

नेकपाको पार्टी प्रवेश कार्यक्रममा सरकारी गाडीको दुरुपयोग गर्दै पुगिन पथरीशनिश्चरेकी उपमेयर बिष्ट

हिमाली संचार संवाददाता
५८७ पटक

पथरी, ३ असार : मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्ट बास्तोलाले सरकारी गाडीको चरम दुरुपयोग गरेकी छिन् । सार्वजनिक बिदाका दिन समेत उनले नेकपाको पार्टी प्रवेश कार्यक्रमको लागि सरकारी गाडीको दुरुपयोग गरेकी हुन् । यसरी सरकारी गाडीको चरम दुरुपयोग हुन थालेपछि स्थानीयबासीले यसको विरोध गरेका छन् ।

चुनाब अघि यो पार्टीको त्यो पार्टीको भन्ने भएपनि चुनाव पछि हामी सबैको उपमेयर हुन्, यसरी सार्वजनिक विदाको दिन समेत गाडीको दुरुपयोग गर्दै पार्टीको कार्यक्रममा गाडी लिएर जानु कति असोभनिय छ, स्थानीयले प्रश्न गरेका छन् । त्यसो त अरु बेला पनि जनप्रतिनिधीहरुले गाडीको दुरुपयोग गर्दै आएको गुनासा नआएका होईनन्, तर गुनासाहरु आउछन् जान्छन् । गाडीको दुरुपयोग भईरहन्छ ।

अर्को रोचक कुरा त के छ भने जुन कार्यक्रम भएको स्थल दुर्गा आधारभुत विद्यालय हो । जहाँ भब्य कार्यक्रम भयो । भनिन्छ, विद्यालय शान्ति क्षेत्र हो, विद्यालयमा राजनितिक कार्यक्रम सभा गर्न पाईदैन । तर त्यसको धज्जी उडाउदैं उपमेयरको उपस्थितीमा कार्यक्रम भएको छ । सोहि कारण विद्यालय शैक्षिक क्षेत्रकी राजनैतिक कार्यक्रम गर्ने थलो भन्ने प्रश्न खडा भएको छ ।

यसैविच उपमेयर बास्तोलाले गाडी दुरुपयोग गरेर गएको कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस पार्टीका सक्रिय कार्यकर्ता पारस लिम्बू र फिफराज लिम्बुको नेतृत्वमा ९३ जना नेपाली कांग्रेस परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पथरीशनिश्चरे नगरपालिकाको वडा नम्बर ८ को शुक्रवारेमा आयोजित पार्टी प्रवेश तथा टोल कमिटी गठन कार्यक्रममा उनीहरु नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका हुन । नेपाली कांग्रेस परित्याग गरि प्रबेश गरेका पारस लिम्बूले जनताको मर्म र दुखः बुझ्ने पार्टी नेकपा भएकोले अबबाट असल कार्यकर्ता भएर लाग्ने बताए ।

कार्यक्रममा मन्तब्य राख्दै स्थानीय कमिटी निर्माणका सवालमा कार्यक्रमका प्रमुख अतिथि पार्टी प्रदेश कमिटी सदस्य युवराज बास्कोटाले नेकपाको राजनीतिक बैचारिक पक्षउपर जोड दिँदै राजनीतिक अधिकार प्राप्तिको लडाइँमा होमिएको नेकपा नेतृत्वको एकीकृत नेपाली कम्युनिष्ट शक्ति अब सुप्रबन्धकारी क्षमताका साथ अधिकार प्राप्तिको लडाइँमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख यमुना बिस्ट बास्तोलाले नगरपालिकाले विकास निमार्णमा फड्को मार्दै गएको बताउदै नगरपालिकाले ८ वडामा विकास निमार्णमा धेरै ध्यान दिएको बताउँदै चुनावमा गरिएका वाचाँहरु पुरा गर्ने बताईन । वडा नम्बर ८ का नेकपाका संयोजक नबिन कार्कीले नव प्रवेसीलाइ स्वागत गर्दै वडाको बिकास र सम्वृद्धिमा पार्टीले सबै लाई समान ब्यबहार गर्ने बताए। हामीले यी तस्बिरहरु नविनजंग कार्कीको फेसबुकबाट लिएका हौ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...