News Portal

वाइडबडी विमान प्रकरणः तत्कालीन मन्त्री र सचिवसहितलाई कारवाही गर्न आयोगको माग

हिमाली संचार संवाददाता
५७२ पटक

काठमाडौँ : वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानविन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले संसदको लेखा समितिले दोषी ठहर गरेका तत्कालीन मन्त्री रविन्द्र अधिकारी, पर्यटन सचिव, नेपाल वायु सेवा निगमका पदाधिकारीलाई कारवाही गर्नुपर्ने माग गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारवाहीप्रति असन्तुष्टि जनाएको छ ।

आयोगले तयार पारेको प्रारम्भिक छानविन प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । अख्तियारले सो प्रकरणका सम्बन्धमा गरिरहेको छानविन औपचारिकतामामात्रै सीमित भएको निष्कर्ष निकालिएको आयोगका संयोजक सुकुदेव भट्टराई खत्रीले जानकारी दिनुभयो । प्रतिवेदनमा संघीय संसदबाटै सो प्रकरणका दोषीमाथि कार्वाही गर्न पनि प्रतिवेदनमा भनिएको छ ।

संयोजक खत्रीले संघीय संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार सो प्रकरणमा ४ अरव ३५ करोडभन्दा बढि भ्रष्टाचार भएको उल्लेख गरेको छ । मन्त्री अधिकारीको भने फाल्गुण १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भइसकेको छ ।

नागरिक स्तरबाट गठन गरिएको सो आयोगले छानविनको क्रममा सरकारी निकायहरुले सहयोग नगरेको गुनासो पनि गरेको छ । प्रतिवेदनमा सार्वजनिक लेखा समितिले सरकारलाई बुझाएको सो सम्बन्धि प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...