News Portal

रंगेली अस्पतालमा बिषालु सर्पकाे बिरामी बढे

हिमाली संचार संवाददाता
५९७ पटक

रबिन्द्र बराल
जेठ ३१, मोरङ : तराईमा गर्मि माैसमसंगै बिषालु सर्पहरुकाे बिगबिगी बढन थालेको छ। तराई क्षेत्रमा फागुन महिना देखि असाेज महिनासम्म अत्यधिक गर्मि हुने माैसम मानिन्छ। गर्मि र जाडाे हुनु स्वाभाविक कुरा हाे तर अाठ महिनाकाे अवधिमा भने तराई क्षेत्रमा देखा पर्ने बिषालु सर्पहरु बढि देखिने भएकोले रंगेली अस्पतालमा सर्पको टाेकाईबाट उपचारका लागि बिरामीको समेत चाप बढेको छ ।

तराई क्षेत्रमा बढि देखा पर्ने बिषालु सर्पहरुमा गाेमन सर्प, करेत सर्प, ढाेडिया सर्प, गन्गुहारी सर्प अत्यधिक मात्रामा घर वरिपरि, खेतावारीहरुमा देखा पर्ने थालेका छन। सर्वसाधारणहरु खेत बारीमा काम गर्न जाँदा, रातिकाे समयमा बाटाे तथा घर अागंनमा हिडडुल गरिरहेकाे अवस्था मानिसहरुलाई घुडा देखि मुनि र खेतबारीमा काम गरिरहेका बेलामा हात तथा खुट्टामा सर्पले डसेको पाईन्छ।

रंगेलीमा रहेको जिल्ला अस्पतालमा दैनिकी ४ देखि ८ जना सर्पले टाेकेकाे बिरामीहरु अाउने गरेका छन । बैशाख महिना देखि जेठ महिना सम्म महिला १५ जना पुरुष १८ जना र बालबालिका ८ जनालाई सर्पले टाेकेर उपचार गराएका थिए। रंंगेली अस्पतालमा रंगेली नगरपालिका, सुनवर्षि नगरपालिका, रतुवामाई नगरपालिका र धनपाल गाउँपालिका र भारतीय सिमाबर्ति क्षेत्रका सर्वसाधारणहरु उपाचार गराउन अाउने गरेका छन ।

अस्पतालका हेल्थ असिस्टेसन बिनाेद कुमार सिंहका अनुसार बिषालु सर्पले टाेकेकाे अवस्थामा सबैभन्दा पहिले मानिसलाई सर्पले टाेकेकाे ठाउँकाे पहिचान गरि त्यस ठाउँमा नरम र हलुका तरिकाबाट बाध्नु पर्ने हुन्छ । तर मानिसहरुले अध्याधिक मात्रामा बाधेर ल्याउने गर्ने गरेकाे र सर्पले टाेकेकाे ठाउँमा धारीलाे हत्याले काटेर ल्याने गरेकाे उनले वताए । यदि त्यहि ठाउँमा सर्पले टाेकेकाे भए त्यहीँबाट सर्पकाे बीस सानाे भन्दा सानाे नलिबाट सर्पकाे बीस मानिसकाे शरीर भित्र गएर अझ सर्पले टाेकेका बिरामीहरुलाई जटिल समस्य अाउने उनकाे सिंहले बताए।

सर्पले टाेकेपछि मानिसहरुकाे मुटुको धड्कन बढेर जानू र अातिन नहुन सुझाव दिएका छन । बिषालु सर्पले टाेकेपछि स्नायु प्रणाली, मांसपेशी रक्त संन्चारमा सबैभन्दा पहिले असर पर्ने गरेको र सर्पले टाेकेपछि मानिसहरु धेरै अातिएर डराउने गरेमा मुटुको धड्कन बढेर उनिहरुकाे मृत्युु हुने गरेको बताए।

नेपाल सरकारले सर्पको टाेकाई निशुलक रुपमा भ्याक्सिन दिइने गरेकाेे छ । सर्पले टाेकेकाे सय जना मान्छे मध्ये १ जनालाई मात्रै भ्याक्सिनकाे आवश्यक्ता पर्ने गरेकाे उनलेे बताए। अस्पतालमा अाए पछि डर कम हुदै जाने र उक्त सर्पले टाेकेकाे ब्यक्तिलाई अाैषधिक आवश्यक्ता नपर्ने समेत बताए । २५ बर्ष देखि ७० बर्ष सम्मकाे पुरुष तथा महिलाहरुलाई सर्पले टाेक्ने रंगेली अस्पतालकाे तथ्यांक रहेको छ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...