News Portal

मोरङको रंगेलीमा समेत डेंगु राेगको उच्च जाेखिम

हिमाली संचार संवाददाता
४९४ पटक

रबिन्द्र बराल
जेठ ३०, मोरङ : रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको मुसहर बस्तिमा डेंगु राेगकाे संक्रमणकाेे सम्भावना देखिएकाे छ। रंगेली कानेपाेखरी सडक खन्डमा अन्तर्गतमा रहेको भानु बाेडिङ स्कुल नजिकै सडक निर्माणका क्रममा नाला निर्माण गरिएता पनि नालामा रहेको पानीको निकास नहुदा अहिले नालामा पानी जम्नुका साथै अत्यधिक फाेहर भएको हुनाले उक्त नालामा डेंगु संक्रमण हुन सक्ने देखिन्छ।

एक बर्ष अगाडि नाला निर्माण भएता पनि उक्त नालामा सल्याप नहुदा समेत फाेहर पानी भएकै कारण साे वस्तिमा मछर बडिमात्रामा देखिने स्थानीयहरु बताउँछन्। साे क्षेत्रमा अहिले ४० घर दलित बस्ति बस्दै अाईरहेका छन ।

बिगत एक महिना अगाडि देखि सुनसरीको धरानमा समेत डेंगुको संक्रमण देखा परेको छ । त्यसैगरी झापा र मोरङमा समेत पछिल्लो समयमा बढि मात्रामा देखा पर्न थालेकाे छ। नालमा जम्मा रहेको पानी नफ्याँक्दा रोग फैलँदै निम्त्याउने देखिएको छ ।
सुनसरीमा हालसम्म ५ सय ४८ जनामा डेंगुको संक्रमण देखा परेको छ।

स्थानीय देवमणि कटुवालका अनुसार रंगेली नगरपालिका भित्र सबै अधिकार प्राप्त भएता पनि ध्यानाकर्षण गर्नुपर्ने र फाेहर नालामा लामखुट्टेकाे लार्भा उत्पन्न हुने भएकोले नालामा रहेको फाेहर पानीकाे व्यवस्थापन चाडै गरिनुपर्ने र नगरपालिकाले अाफ्नाे कार्य क्षेत्र भरी डेंगु फैलन नदिन किटनाशक अाैषधी छर्नुपर्ने कुरामा जाेड दिएका छन ।

स्थानीय रजिया देवि ऋिषिदेवका अनुसार रातिकाे समयमा अत्यधिक गर्मि हुने गरेको र अधिकान्सकाे घरमा लामखुट्टेबाट बच्नका लगि झुल समेत नभएको हुनाले त्यतिकै सुत्नुपर्ने भएकोले लामखुट्टे ले बढि दुख दिने गरेको र अहिले माेरङमा समेत डेंगु राेगकाे महामारी अाएकाे हुनाले अाफु हरुलाई धेरै समस्य परेको बताईन ।

नगरपालिकाले यस तर्फ ध्यानदिनु अतिअाबश्यक रहेको छ। मोरङमा पनि ९ जनामा डेंगुको संक्रमण देखा परेको छ । जस मध्ये मोरङको सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखिएकाे छ। झापा, मोरङ र सुनसरी गरी जम्मा ५ सय ६० जनामा डेंगु देखा परेको छन ।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...