News Portal

सल्यानका शारदा, छत्रेश्वरी, शिद्धकुमाख लगायतका स्थानीय तहहरुमा साबुन उत्पादन सुरु

हिमाली संचार संवाददाता
५८९ पटक

सरिता चलाउने
सल्यान, २९ जेठ : सल्यानका बिभिन्न स्थानमा साबुन उत्पादन गर्न थालिएको छ। लक्षित बर्गहरुको जिवनस्तरमा सुधार गर्ने उदेश्यले जिल्लाका स्थानियहरुमा साबुन उत्पादन गर्न थालिएको हो।तालीम नै संचालन गरी शारदा नगरपालीका, छत्रेश्वरी गाउँपालीका, शिद्धकुमाख गाउँपालीका लगायत अन्य स्थानीय तहहरुमा साबुन उत्पादन गर्न थालिएको छ।

जिल्लाको दमाचौरमा सावुन बनाउने उद्योग खोलिएको छ । बिशेष गरी पछाडि पारिएका, दलित, अपाङ्गता भएका व्यक्तिहरुको जिवनस्तरमा सुधार गर्न र स्थानीय तहमै साबुनको बजारीकरण गर्नको लागी साबुन उत्पादन गर्न थालिएको हो। सिद्ध कुमाख गाउँपालिकामा गाउँपालिका भित्रका अपाङ्ग भएका व्यक्तिहरूको सहभागितामा ७ दिने सावुन बनाउने तालिम प्रदान गरिएको गाउँपालीकाले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूमा आमुल परिबर्तन गर्ने उनिहरुको सिपको क्षमता बृद्धि गर्न उदेश्यले तालीम सचालन गरी साबुन उत्पादन गरिएको गाउँपालीका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनु भयो। गाउँपालिका भित्रका १८ जना अपाङ्गता भएका व्यक्तिहरूले ७ दिन सम्मको तालिममा झण्डै एक हजार वटा सावुन तयार पारेको उहाँले बताउनु भयो।

तालीमबाट सिप सिकेर व्यवसायिक रूपमा उद्योग सञ्चालन गर्न चाहने सहभागिहरूलाइ गाउँपालिकाले कच्चा पदार्थ किन्न अनुदान दिने बताउनु भयो। हरेक दिन हरेकको घरमा सावुन खपत हुने हुदाँ बजारीकरणको कुनै समस्या नहुने उहाँले बताउनु भयो ।

गाउँपालिकाले विभिन्न क्षमता भएका व्यक्तिहरूको लागि मागमा आधारित सिप तथा तालिमहरू आयोजना गर्ने गरिएको उपाध्यक्ष पुष्पा कुमारी बोहराले बताउनु भयो । बजारमा पाइने सावुन र स्थानीय स्तरमा बनाएको सावुनमा कुनै फरक नभएको उहाँले बताउनु भयो। यहाँ साबुन उत्पादन गर्दा रोजगारी सृजना हुने प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले बताउनु भयो ।

किनेर प्रयोग गर्नु भन्दा आफै बनाएर प्रयोग गरेर समृद्ध समाजको उदाहरण भएको तालिममा सहभागिहरुले बताएका छन। तालिममा सहभागिहरुले आफ्नो क्षमता पहिचान गरि गाउँपालिकाले सावुन बनाउने तालिम आयोजना गरिदिएकोमा खुशि व्यक्त गरेका छन । अपाङ्गता भएका सहभागिहरुले कच्चा पदार्थ ल्याउने बातावरण मिलाइदिएमा सावुन वनाउने उद्योग खोल्ने समेत बताएका छन ।

यस्तै शारदा नगरपालीकाको १४ र १५ मा बिशेष गरी दलित र अपागंलाई आर्थिक रुपमा आत्मर्निभर बनाउने र नगरपालीका भित्र साबुन खपद गर्ने उदेश्यले साबुन बनाउने तालीम संचालन गरी साबुन उत्पादन गर्न लागिएको नगरप्रमखु शुरेस अधिकारीले बताउनु भयो। तालीमबाट नगरपालीका भित्रै साबुन उत्पादन गरी दलित र अपागंहरुलाई आर्थिक रुपमा सुधार र उनिहरुको जिवनयापनमा सहज बनाउने उहाँले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...