News Portal

सल्यानका शारदा, छत्रेश्वरी, शिद्धकुमाख लगायतका स्थानीय तहहरुमा साबुन उत्पादन सुरु

हिमाली संचार संवाददाता
५३५ पटक

सरिता चलाउने
सल्यान, २९ जेठ : सल्यानका बिभिन्न स्थानमा साबुन उत्पादन गर्न थालिएको छ। लक्षित बर्गहरुको जिवनस्तरमा सुधार गर्ने उदेश्यले जिल्लाका स्थानियहरुमा साबुन उत्पादन गर्न थालिएको हो।तालीम नै संचालन गरी शारदा नगरपालीका, छत्रेश्वरी गाउँपालीका, शिद्धकुमाख गाउँपालीका लगायत अन्य स्थानीय तहहरुमा साबुन उत्पादन गर्न थालिएको छ।

जिल्लाको दमाचौरमा सावुन बनाउने उद्योग खोलिएको छ । बिशेष गरी पछाडि पारिएका, दलित, अपाङ्गता भएका व्यक्तिहरुको जिवनस्तरमा सुधार गर्न र स्थानीय तहमै साबुनको बजारीकरण गर्नको लागी साबुन उत्पादन गर्न थालिएको हो। सिद्ध कुमाख गाउँपालिकामा गाउँपालिका भित्रका अपाङ्ग भएका व्यक्तिहरूको सहभागितामा ७ दिने सावुन बनाउने तालिम प्रदान गरिएको गाउँपालीकाले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूमा आमुल परिबर्तन गर्ने उनिहरुको सिपको क्षमता बृद्धि गर्न उदेश्यले तालीम सचालन गरी साबुन उत्पादन गरिएको गाउँपालीका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनु भयो। गाउँपालिका भित्रका १८ जना अपाङ्गता भएका व्यक्तिहरूले ७ दिन सम्मको तालिममा झण्डै एक हजार वटा सावुन तयार पारेको उहाँले बताउनु भयो।

तालीमबाट सिप सिकेर व्यवसायिक रूपमा उद्योग सञ्चालन गर्न चाहने सहभागिहरूलाइ गाउँपालिकाले कच्चा पदार्थ किन्न अनुदान दिने बताउनु भयो। हरेक दिन हरेकको घरमा सावुन खपत हुने हुदाँ बजारीकरणको कुनै समस्या नहुने उहाँले बताउनु भयो ।

गाउँपालिकाले विभिन्न क्षमता भएका व्यक्तिहरूको लागि मागमा आधारित सिप तथा तालिमहरू आयोजना गर्ने गरिएको उपाध्यक्ष पुष्पा कुमारी बोहराले बताउनु भयो । बजारमा पाइने सावुन र स्थानीय स्तरमा बनाएको सावुनमा कुनै फरक नभएको उहाँले बताउनु भयो। यहाँ साबुन उत्पादन गर्दा रोजगारी सृजना हुने प्रमुख प्रशासकीय अधिकृत हरिजंग चन्दले बताउनु भयो ।

किनेर प्रयोग गर्नु भन्दा आफै बनाएर प्रयोग गरेर समृद्ध समाजको उदाहरण भएको तालिममा सहभागिहरुले बताएका छन। तालिममा सहभागिहरुले आफ्नो क्षमता पहिचान गरि गाउँपालिकाले सावुन बनाउने तालिम आयोजना गरिदिएकोमा खुशि व्यक्त गरेका छन । अपाङ्गता भएका सहभागिहरुले कच्चा पदार्थ ल्याउने बातावरण मिलाइदिएमा सावुन वनाउने उद्योग खोल्ने समेत बताएका छन ।

यस्तै शारदा नगरपालीकाको १४ र १५ मा बिशेष गरी दलित र अपागंलाई आर्थिक रुपमा आत्मर्निभर बनाउने र नगरपालीका भित्र साबुन खपद गर्ने उदेश्यले साबुन बनाउने तालीम संचालन गरी साबुन उत्पादन गर्न लागिएको नगरप्रमखु शुरेस अधिकारीले बताउनु भयो। तालीमबाट नगरपालीका भित्रै साबुन उत्पादन गरी दलित र अपागंहरुलाई आर्थिक रुपमा सुधार र उनिहरुको जिवनयापनमा सहज बनाउने उहाँले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...