News Portal

खोइ कहाँ छ लोकतन्त्र ?

हिमाली संचार संवाददाता
८६६ पटक

         – तपिकुमार सिंह ठकुरी

यहाँ त देखिन
ति बस्तिका झुपडिहरुमा
ति झुपडिका थालि अनि कटौरामा
जहाँ जे हुनु पर्ने हो अँहँ…
रातभरि खोजे उज्यालो भो
दिन भरी खोजे बेलुका भो
फेरि रात परयो…बर्षौ बितेछन
तै पनि भेटिनँ त्यो लोकतन्त्र
बजार तिर अायो कि भन्ठाने
बिहानै तानिए खोजिमा…
यहि लोकतन्त्र को !
कस्तो होला कहाँ होला कोसँग होला…?
सुनेको मात्र हो, तेहि पनि
रेडियो ले समाचार मा
बोल्न पाइन्छ रे, हँस्न पाइन्छ रे
सित्तैमा त्यो ‘स्वतन्त्र’ भने
के जाति हो त्यो पनि मिल्छ रे…
बजार का प्रतेक पसल धाए
प्रतेक ब्यक्ति लाइ हात जोडे,
तेहाँ पनि म जस्तै एउटा
लोकतन्त्र खोजि को गुवाला भेटे
उस्लाई हत्तसिदै,डराउदै सोधे!
कँ छ यो ? लोकतन्त्र !
उस्ले हँस्दै भन्यो…
त्यो लोकतन्त्र भन्ने त यहाँ अाउदैन
अायको पनि छैन र अाउने पनि छैन
उस्ले ठोकुवै गरेर भन्यो…
मैले फेरि सोधे,
केहो यो लोकतन्त्र…?
उस्ले मलाई बतायो
जो हो त्यो छैन…
चिल्ला गाडीहरु
बिलासी ब्यन्जनहरु
तिम्रा,मेरा अनि हामी जस्ता
सर्वहारा बर्गको पसिना र रगत
अनि खाडीको चौवालिस डिग्री धुपमा
काम गराई गराई…
एअर कन्डिसनर कोठामा बस्ने
बिलासी हो रे लोकतन्त्र…!
बोल्न पाइन्न रे…
हँस्न नि पाइन्न रे,
त्यो लोकतन्त्र भन्ने त
न तिम्रा लागि हो न मेरा लागि…
साहेद तिमिलाई पनि हुन सक्छ
कारबाही…!
किनकि लोकतन्त्र का ग्वाला रछौ
यहाँ यस्तै हो चुप लाग
जस्तो छ तेस्तै रहु
जहाँ छौ तेहि बस्…
लोकतन्त्र अझैनि अाको छैन…
जब अाउने छ…
तब, तिम्रा, मेरा अनि उस्का
दिनहरु अाउने छन्
पुर्व क्षीतिजबाट नब बिहानि सँगै…
तेहि हो लोकतन्त्र… लोकतन्त्र ।।

– सिम्ता गाउँपालिका – ४ पिल्क, सुर्खेत
हाल : गुजरात, भारत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...