News Portal

तपाईंको राशिफल : आज २०७६ जेठ २८ गते मंगलबार, २०१९ जुन ११ तारीख

हिमाली संचार संवाददाता
४०८ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।

बृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बाेलीकाे भरमा काम सम्पादन हुनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरेे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानाे प्रयासले नै काम बन्नेछ।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु
नियमित काम सम्पादन गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...