News Portal

चौरजहारीले लियो आगामी नीति कार्यक्रमका बिषयमा सल्लाह सुझाव

हिमाली संचार संवाददाता
४४१ पटक

ज्ञानु गौतम/रुकुम : आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट, निति तथा कार्यक्रमका बिषयमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर स्थित राजनितिक दल, संघसंस्था एवं अन्य सरोकारवालासँग छलफल गरेको छ।

चौरजहारी नगरपालिकाको सभा हलमा आज भएको बजेट निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई समेटेर निति तथा कार्यक्रम ल्याउन सरोकारवालाले सुझाव दिएका छन् । आत्मनिर्भर, एकता र समृद्ध नगरपालिका निर्माण गर्ने नारालाई सार्थक बनाउन आगामी बजेटमा बिशेष ध्यान दिनुपर्नेमा जोड दिइएका छन।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर के.सीले नगरपालिकालाई समृद्ध बनाउन कृषि, शिक्षा एवं स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकता राख्न सुझाव दिनुभयो ।

सरोकारवालाका सुझावलाई निति तथा कार्यक्रम एवं बजेटमा समेट्ने नगरप्रमुख बिशाल शर्माले प्रतिबद्धता जनाउनुभयो। नगरप्रमुख शर्माले भन्नुभयो “नगरपालिकालाई समृद्ध गराउन कार्यक्रम ल्याइने छ। नगरलाई समृद्ध बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा गरेको छु ।”

यस अघि नगरपालिकाले १४ वटै वडामा योजना तर्जुमा र आगामी बजेट सम्बन्धी सरोकारावालासँग छलफल गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...