News Portal

सिम्ता गाउँपालिकाको पुर्व वजेट छलफलसँगै निती तथा कार्यक्रम सार्वजनिक

हिमाली संचार संवाददाता
४५६ पटक

दुर्गा वि.सी.
जेठ २७ सोमबार : सुर्खेतको सिम्ता गाउँपालिकाले निती कार्यक्रम तथा वजेटको पुर्व छलफल कार्यक्रम गरेको छ । सिम्ता गाउँपालिकाले सरोकारवाला निकाय, जनप्रतिनीधी, विषगत शाखा, राजनैतकि दलहरुसँग आगमी वजेटका विषयमा सुझाव मागेको छ । उक्त सुझावहरु संकलन गरेर कार्यक्रम मार्फत समेटिने जनाएको छ ।

नीती तथा छलफल कार्यक्रममा सहभागिले शैक्षिक गुणस्तर, स्वास्थ्य, खानेपानी, उज्यालो सिम्ता, वन अतिक्रमण, वहुविवाह, वालविवाह, दिर्घकालीन योजना, गौरवका मुख्य योजना, चक्रपथ र दुर्तमार्ग जस्ता कुरालाई अघि सार्न विशेष योजना वनाइ काम गर्न सुझाव दिएको छ।

सिम्तामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधीहरुले महत्वपुर्ण सुझाव राखेका थिए । विशेषगरी “सम्वृद्ध सिम्ता सुखी सिम्ताली” भन्ने मुल मन्त्रलाई अघि सारी काम गर्ने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारि दिनु भएको थियो ।

कृर्षि, वन, पर्यटन, सडक सञ्जालको स्तरवृद्धि, विद्यालयमा शैक्षिक सुधार र स्वास्थ्यको सर्वसुलभता लाई वढि प्राथामिकीकरण गर्ने जनाएको छ । विषगत शाखा, जनप्रतिनीधी, व्यापारी, शिक्षक, स्थानीय वुद्धिजिवी, वौद्धिक तप्काका व्यक्तिहरुले निक्कै महत्वपुर्ण सुझावहरु दिएका थिए । सवै माझबाट आएका सुझावलाई आत्मासाथ गर्ने अध्यक्ष के.सीको भनाई छ ।

सिम्ता गाउँपालिका यिनै पेरिफेरीमा केन्द्रीत रहेर काम गरिरहेको र अव झन आगमी वाँकी योजनाहरु व्यवस्थित तवरले अघि वढ्ने वताएको छ । नयाँ काम भन्दा पुरानै कामलाई प्राथामीकतामा राखेको छ । सवै अधुरा कामलाई बाँकी कार्यकाल भित्र पुरा गर्ने समेत जनाएको छ । साथै आफ्न सहयात्रीहरुलाई राम्रोसँग स्थानीय स्तरमा अति जरुर तथा आवश्यक कामलाई महत्व दिएर योजना छनौटन गर्न समेत अनुरोध गरिएको छ ।

वस्ती तथा टोलटोलमा योजना छनौट गर्दा जनप्रतिनीधीहरुले विवेकता दिएर काम गर्न जनाएको छ । गाउँपालिका सफल पार्न र सिम्ताको विकासमा टेवा पुर्‍याउन एउटाले मात्रै गरेर पुग्दैन । सवैको खाँचो जरुर रहेको जनाएको छ । डुङ्गा तरे सवै पारी जाने हो यदि डुङ्गा डुबे सवै डुब्ने भएकोले राम्रोसँग जनताको जवाफदेहीता र पार्दशिता प्रति सजग रहन गाउँपालिका अध्यक्ष के.सीले अपिल समेत गर्नु भएको छ ।

कनिका छरे झै वजेट छनौट नगर्न र जनतालाई प्रत्यक्ष लाभाविन्त हुने योजना ल्याउन माग गरिएको छ। महिला सञ्जाल, अपांगता, युवा र अन्य सवैको उपस्थिती रहेको थियो । वजेटको पुर्व छलफल कार्यक्रममा सवैको उल्लेख्य प्रतिनीधीत्व रहेको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...