News Portal

  • सिम्ता गाउँपालिकाको पुर्व वजेट छलफलसँगै निती तथा कार्यक्रम सार्वजनिक

    हिमाली संचार संवाददाता
    ४१९ पटक

    दुर्गा वि.सी.
    जेठ २७ सोमबार : सुर्खेतको सिम्ता गाउँपालिकाले निती कार्यक्रम तथा वजेटको पुर्व छलफल कार्यक्रम गरेको छ । सिम्ता गाउँपालिकाले सरोकारवाला निकाय, जनप्रतिनीधी, विषगत शाखा, राजनैतकि दलहरुसँग आगमी वजेटका विषयमा सुझाव मागेको छ । उक्त सुझावहरु संकलन गरेर कार्यक्रम मार्फत समेटिने जनाएको छ ।

    नीती तथा छलफल कार्यक्रममा सहभागिले शैक्षिक गुणस्तर, स्वास्थ्य, खानेपानी, उज्यालो सिम्ता, वन अतिक्रमण, वहुविवाह, वालविवाह, दिर्घकालीन योजना, गौरवका मुख्य योजना, चक्रपथ र दुर्तमार्ग जस्ता कुरालाई अघि सार्न विशेष योजना वनाइ काम गर्न सुझाव दिएको छ।

    सिम्तामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधीहरुले महत्वपुर्ण सुझाव राखेका थिए । विशेषगरी “सम्वृद्ध सिम्ता सुखी सिम्ताली” भन्ने मुल मन्त्रलाई अघि सारी काम गर्ने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले जानकारि दिनु भएको थियो ।

    कृर्षि, वन, पर्यटन, सडक सञ्जालको स्तरवृद्धि, विद्यालयमा शैक्षिक सुधार र स्वास्थ्यको सर्वसुलभता लाई वढि प्राथामिकीकरण गर्ने जनाएको छ । विषगत शाखा, जनप्रतिनीधी, व्यापारी, शिक्षक, स्थानीय वुद्धिजिवी, वौद्धिक तप्काका व्यक्तिहरुले निक्कै महत्वपुर्ण सुझावहरु दिएका थिए । सवै माझबाट आएका सुझावलाई आत्मासाथ गर्ने अध्यक्ष के.सीको भनाई छ ।

    सिम्ता गाउँपालिका यिनै पेरिफेरीमा केन्द्रीत रहेर काम गरिरहेको र अव झन आगमी वाँकी योजनाहरु व्यवस्थित तवरले अघि वढ्ने वताएको छ । नयाँ काम भन्दा पुरानै कामलाई प्राथामीकतामा राखेको छ । सवै अधुरा कामलाई बाँकी कार्यकाल भित्र पुरा गर्ने समेत जनाएको छ । साथै आफ्न सहयात्रीहरुलाई राम्रोसँग स्थानीय स्तरमा अति जरुर तथा आवश्यक कामलाई महत्व दिएर योजना छनौटन गर्न समेत अनुरोध गरिएको छ ।

    वस्ती तथा टोलटोलमा योजना छनौट गर्दा जनप्रतिनीधीहरुले विवेकता दिएर काम गर्न जनाएको छ । गाउँपालिका सफल पार्न र सिम्ताको विकासमा टेवा पुर्‍याउन एउटाले मात्रै गरेर पुग्दैन । सवैको खाँचो जरुर रहेको जनाएको छ । डुङ्गा तरे सवै पारी जाने हो यदि डुङ्गा डुबे सवै डुब्ने भएकोले राम्रोसँग जनताको जवाफदेहीता र पार्दशिता प्रति सजग रहन गाउँपालिका अध्यक्ष के.सीले अपिल समेत गर्नु भएको छ ।

    कनिका छरे झै वजेट छनौट नगर्न र जनतालाई प्रत्यक्ष लाभाविन्त हुने योजना ल्याउन माग गरिएको छ। महिला सञ्जाल, अपांगता, युवा र अन्य सवैको उपस्थिती रहेको थियो । वजेटको पुर्व छलफल कार्यक्रममा सवैको उल्लेख्य प्रतिनीधीत्व रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...