News Portal

अन्तरविद्यालय टेबलटेनिसको उपाधि एभीएमको पोल्टामा

हिमाली संचार संवाददाता
५६५ पटक

काठमाडौँ : सत्यनारायण स्मृति राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस अन्तर्गत् शनिबार एभीएमले उपाधि जितेको छ। ब्वाइज टिम इभेन्टमा एभीएमले युरो किड्स विराटनगरलाई ३–१ ले हराएर उपाधि हासिल गरेको हो ।

त्यस्तै गल्र्स फाइनलतर्फ एभीएमले प्रभातलाई ३–० ले हरायो । यु–१० ब्वाइजको उपाधि उज्ज्वल मानन्धर र गल्र्सको उपाधि सुभश्री श्रेष्ठले जिते। एसभीआईका उज्ज्वलले एभीएमकी कृष्णा महरालाई र युलेन्सकी सुभश्रीले प्र्रभातकी क्यारिना सुवाललाई पराजित गर्दै उपाधि जितेका थिए ।

यसैगरी यु १२ ब्वाइजको फाइनलमा एभीएमका एलेन महर्जनले आफ्नै स्कूलका आयुष भारतीलाई पराजित गरेका थिए । त्यस्तै गल्र्सको फाइनलमा एभीएमकी बियान्का राईले प्रभातकी प्रदीपा सुवाललाई हराइन्। यु १४ ब्वाइजमा पुष्पसदनका सिद्धार्थ तामाङले उपाधि हात पारे ।

प्रतिकृया दिनुहोस्

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...