News Portal

नवजात शिशुलाई बेवारिसे फालेर बेपत्ता भएकी माया पक्राउ

हिमाली संचार संवाददाता
४९३ पटक

मोरङ, २५ जेठ : मोरङको उर्लाबारी नगरपालिका – ६ को मावा खोला किनारस्थित काँसघारीमा नवजात शिशु फाल्ने आमालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रवार पक्राउ गरेको छ ।

गत चैत २५ गते भेटिएको शिशुलाई उर्लाबारी प्रहरीले तत्काल उद्धार गरी स्थानीय गोदावरी हस्पिटलमा प्रारम्भिक उपचारपछि नोबेल अस्पताल विराटनगर लगिएपनि उपचारकै क्रममा मृत्यु भएको थियो ।

सोही शिशुलाई बेवारिसे अवस्थामा फालेर बेपत्ता भएकी शिशुकी आमा इलाम माङसेबुङ गाउँपालिका –६, स्थायी घर भई उर्लाबारीमा डेरा गरी बस्दै आएकी ३० वर्षिया माया राईलाई पक्राउ गरेको हो । राई शिशुको नोबेल अस्पतालमा उपचारका क्रममा आफै उपस्थित भएको र चैत २८ गते बिहान उपचारको क्रममा मृत्यु भएपछि अस्पताल परिसरबाटै फरार भएकी थिईन् ।

गत बैशाख २ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ को परिच्छेद १२ को दफा १८४ बमोजिम मुद्धा दर्ता भई जिल्ला अदालत मोरङबाट शिशुलाई बेवारिशे अवस्थामा छाड्ने राईलाई पक्राउ गर्न अनुमति दिएपछि शुक्रबार दिउँसो प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले उर्लाबारी नगरपालिका –५ हाटखोलाको शुक्रबारे बजारबाट पक्राउ गरेको हो ।

राईले २०७५ असारमा काठमाण्डौमा भेट भएका एक ब्यक्तिसँग प्रेम विवाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र सो विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवम् प्रबक्ता घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...