News Portal

नेमकिपा सांसदमाथि महेश बस्नेतको ‘कू’ भीषण हावाका कारण उदाङ्गियो

हिमाली संचार संवाददाता
४७४ पटक

काठमाडौं, २५ जेठ : प्रधानमन्त्रीको नामबाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको सम्पूर्ण श्रेय आफ्नै पार्टीलाई मात्रै दिलाउनको लागि भक्तपुरका नेकपा सांसद महेश बस्नेतले गरेको बदमासीको पर्दाफास भएको छ ।

सामान्य विषयमा बस्नेतले गरेको सानो मनलाई शुक्रबार आएको भीषण हावाहुरीले पर्दाफास गराएको हो । उनले भक्तपुरमा भएको कार्यक्रममा भक्तपुरबाट प्रतिनिधि सभामा सांसद बनेका सांसदमाथि गरेको व्यवहारलाई हावाहुरीले उदाङ्गो गराईदिएको हो ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्ने कार्यतालिका थियो । देशभरका बेरोजगार युवालाई रोजगार दिने लक्ष्यका साथ सुरु भएको कार्यक्रमको शुभारम्भ भक्तपुर नगरपालिकाबाट हुँदै थियो ।

सोही कार्यक्रमको शुभारम्भको लागि भक्तपुर नगरपालिकाको विभिन्न स्थानहरुमा ठूला ठूला ब्यानरहरु टाँसिएका थिए । वास्तविक रुपमा भक्तपुर भित्रका विभिन्न स्थानमा टाँगिएका व्यानरहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्ट, सोही क्षेत्रबाट प्रतिनिधि सभाका सांसद बस्नेत र नेमकिपा सांसद प्रेम सुवालको फोटो राखिएको थियो ।

यी ४ जना मध्ये ३ जना नेकपाका नेताहरु थिए । अझ तीनै जना तत्कालीन नेकपा एमालेका नेताहरु हुन् भने सुवाल मात्रै गैर नेकपा अर्थात् नेपाल मजदुर किसान पार्टीका नेता हुन्। त्यसैले पनि उनको पोस्टरमा राखिएको सबै तस्वीरहरु छोपिने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि बनाईएको लोगो राखिएको थियो ।

आफूभन्दा भिन्न पार्टीका नेताको तस्वीर छोप्ने काम अरु कसैले नभएर नेता बस्नेतको निर्देशनमा गरिएको नेपाल कम्युनिष्ट पार्टीको भक्तपुर जिल्लाका एक नेताले बताए । प्रिन्ट भएर आएको सुवालको सबै तस्वीरमाथि रोजगार कार्यक्रमको लोगो राखिएको कुरा त्यतिबेला छताछुल्ल भयो जतिबेला शुक्रबारको हावाले पछि टाँसिएको लोगो उडायो ।

तल प्रस्तुत गरिएको दुई तस्वीरमध्ये पहिलो तस्वीर हावाले उडाउनुपूर्वको हो भने दोस्रो तस्वीर हावाले लोगो उडाएपछिको हो । यो घटनाले एउटा सामान्य कामको श्रेय पनि अरुलाई नजाओस् भन्नको लागि नेकपाका नेता कार्यकर्ताहरु कतिसम्म तल्लो स्तरमा पुगेर व्यवहार गर्छन् भन्ने पुष्टि भएको हाम्राकुराले खबर लेखेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...