News Portal

  • पानी भर्न रातभर जागराम, मुहान सुकेपछि सिंगो बजारको एउटै धारो

    हिमाली संचार संवाददाता
    ५८० पटक

    दुर्गा वि.सी.
    सल्लीबजार, २५ जेठ : पश्चिम सल्यानको सल्लीबजारका स्थानीय खानेपानीको लागि रातभर जागराम वस्ने गरेका छन् । खानेपानीको मुहान सुकेपछि पानी भर्नको लागि बजारवासि रातभर पालो कुरेर पानी भर्ने गरेका छन् । सल्लीबजारमा वर्षेनी खानेपानीको समस्या टड्कारो रहेको छ ।

    सल्लीबजार खानेपानी मर्मतको लागि परेको वजेटमा समेत ट्यांकि निर्माणको लागि जग्गा विवादले काम तिव्र गतीमा अघि वढ्न सकेको छैन् । सल्लीबजारमा सुख्खा यामसँगै मुहानमा पानी सुक्न थालेपछि स्थानीय पानी भर्नाकै लागि रातभर जागराम वस्ने गरेका छन् । सल्लीबजारको चरम खानेपानी समस्या प्रति सम्बन्धीत निकायहरुले खासै ध्यान नदिदाँ बजार वासिले निक्कै समस्या व्यहोरिरहेको स्थानीय व्यापारि गणेश वुढाको दुखेसो छ ।

    सल्लीबजार स्थापना भए देखि हालसम्म खानेपानीको उस्तै पीरलो रहेको वुढाको दुखेसो छ । खानेपानीका मुहानहरु परसस्त हुदाँ हुदै समेत जनप्रतिनीधीको ईच्छा शक्ति नभएकाले खानेपानीको विकारल समस्या रहेको वजारवासिको भनाई छ । हुनेखानेले ईनार खनेर पानी खाईरहेका छन् भने हुदाँ खानेलाई खानेपानीको समस्या भएको अर्का व्यापारि विजय नेपालीको दुखसो छ ।

    कतिले भेरी नदिको पानी खाईरहेका छन् भने केहिले व्यक्तिगत ईनार खनेर पानी खाईरहेका छन् । तर यहाँका विपन्न नागरिकहरु खानेपानीको हाहाकारमा दिन गुजरा चलाई रहेका छन् । तेहि सुक्दै गरेको पानी भर्नाका लागि स्थानीयको दैनिक झगडा समेत हुने गरेको छ ।

    खानेपानी निर्माणका नाममा तेहि भएको पानी समेत विग्रीए पछि एउटै धारमा वजारवासिले काम चलाएका छन् । सिंगो वजार वासिको एउटै धारो हुदाँँ पानी भर्नाका लागि रातभर जागराम र दैनिक झगडाको कलह उत्पन्न हुने गरेको छ । सल्लीबजार जस्तो नगरको केन्द्रमा खानेपानीको चरम समस्या छ भने अन्य वडा र गाउँहरुको अवस्था त झन भयावह छ ।

    खानेपानीको लागि अधिकांस गाउँ वस्तीका मुहानहरु सकि सकेका छन् । मुहान नहुदाँ खानेपानी आफुर्ती गर्न कठिनाई रहेको जनप्रतिनीधीहरुको भनाई छ । तर सल्लीवजारमा लिफ्ट खानेपानी देखि अन्य वैकल्पीक थुप्रै उपाय हुदाँ समेत यस वजारको वर्षेनी समस्या समाधान हुन नसकेको स्थानीले वताउने गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतको रक्सी काण्डमा अस्पताल भर्ना भएकाहरू डिपोर्ट, मुख्य आरोपितलाई हत्याको मुद्दा लाग्ने

    कुवेत, भदौ २ – कुवेतमा भएको विषादीयुक्त रक्सी काण्डमा अस्पतालमा भर्ना भएका प्रवासीहरूलाई उपचारपछि डिपोर्ट...

    सिस्नेरी सडक खण्ड ४८ घण्टादेखि अवरुद्ध, पहिरो पन्छाउने कार्य तीव्र

    मकवानपुर, भदौ २ – राजधानीलाई छोटो दूरीमा जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा खसेको ठूलो पहिरोका कारण...

    विश्व चर्चित दुई ठूला राष्ट्रपतिको भेट – कमला थापा

    २०८२ भदौ २ गते सोमबार। यो साता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर...

    आज २०८२ साल भदौ २ गतेको राशिफल

    आज भदौ २, २०८२ (अगस्त १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...