News Portal

गंगाजमुना गाउँपालिकाकाे स्वास्थ्य क्षेत्रमा सुधार हुँदै

हिमाली संचार संवाददाता
५८६ पटक

धादिङ : गंगाजमुना गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनु भएको छ ।भौगोलिक विकटता भएपनि सबै क्षेत्रमा स्वास्थ्यको पहँच पु¥याउनको लागि आफु लागि रहेको बताउनु भएको छ ।

नीलकण्ठ एफ.एमबाट प्रसारण हुँदै आएको नीलकण्ठ संवादमा बोल्दै उहाँले अहिले सर्ने रोग भन्दा पनि नसर्ने रोगको कारण मानिसहरुको मृत्यु भएको बताउनु भएको छ । अस्वथ्य खानपान र अल्छिपनाको कारण मानिसहरुमा नसर्ने रोग बढेको भन्दै उहाँले स्वस्थ्य रहनको लागि आनिबानी परिवर्तन गर्नको लागि आग्रह गर्नुभयो ।

गंगाजमुना गाउँपालिकामा हाल पाँच वटा स्वास्थ्य चौकीहरु र चार वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् ।चेतनाका हिसाबले पनि गँगाजमुना गाउँपालि धेरै पछाडी रहेको भन्दै चुनौती रहेको बताउनुभयो ।

गंगा जमुना गाउँपालिका गंगा र जमुना नाम गरेको दुई वटा झरना बाट रहन गएको भन्दै गाउँपालिकालाई पर्यटन क्षेत्रमा प्रबद्र्धन गर्न सकिने बताउनु भएको छ। उहाँले जनताको सबै ठाउँमा स्वास्थ्यको पहुँच राम्रो होस भनेर हामीले पहुँच नपुगेको ठाउँमा संस्था पनि विस्तार गर्दै गएको बताउनुभयो ।

गाउँपालिकामा पहिला ५ वटा स्वास्थ्य चौकी र तीन वटा मात्रै सामुदायिक स्वास्थ्य एकाई पनि स्थानीय गाउँपालिकाले नै खर्च व्यहोर्ने गरि स्थापना भएर संचालनममा आईसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले बताउनुभयो । सुत्केरी कुरुवा घर बनाउने योजना भएको भन्दै उहाँले आगामी बर्ष भित्र काम सम्पन्न गरीसक्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...