
रबिन्द्र बराल
जेठ, २२ बिहीबार : मोरङको दक्षिणी भेगमा रहेको रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, रतुवामाई नगरपालिका र धनपालथान गाउँपालिकाका कृषकहरु जेठ महिनाकाे टनटलापुल घाममा धानबालि भित्र्याउन ब्यस्त हुन थालेका छन ।
दक्षिणी भेगमा रहेको सयौं बिघा खेतमा अहिले पहेँलो भए र धान फलेको देखिन्छ भने कतै कृषक तथा मजदुरहरु धान काटदै गरेको दृश्य समेत देख्न सकिन्छ । नेपाल सरकारकाे प्रत्येक बर्षकाे बजेट भाषणमा मजदुरहरुकाे ज्याला बडेकाे भाषण गरेता पनि गाउँ घरमा रहेर खेतीपातिमा काम गर्ने जन मजदुर महिला वा पुरुषलाई ज्याला सरकारले ताेकेकाे रकम भन्दा कम पाउने गरेको पार्वती सरदाले बताईन।
नेपाल सरकारले ५ सय ३० रुपैयाँ ज्याला ताेके पनि महिलाहरुले एक दिन धान राेप्दा एक सय रुपैयाँ दिेने गरेको र पुरुषलाई ३ सय रुपैयाँ दिने गरेकाेे पार्वतीले बताईन । कृषक हरुले माधमा राेपेकाे धान जेठ महिनाम काटेर पुनः असारमा धान वाली लगाउने गरेका छन । उनिहरुले धुटराज धान, बाँस धान, मनसुली, राधा १२, जस्ता धान राेप्ने गरेका छन ।
रंगेलीका भरत राजवंशीले बिगत २० बर्ष देखि ३ बिघा खेतमा दुई बाली धान भित्र्याउने गरेका छन । माटो नराम्रो भएका कारण अरु वालि नहुने भएको हुनाले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको उनले बताए ।
अहिले उक्त खेतमा घुटराज धान राेपी रहेका छन ।माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र पुनः असार महिनामा अर्को धान रोप्ने गरेको उनलेे बताए । साे खेतहरुमा खेतमा ३ सय मुरि सम्म धान उत्पादन हुने गरेको छ ।