आज : २०२६-०७-१०, शुक्रबार

पिउन पनी पाईंदैन पानी मरूभुमिमा..

मरे भने हुनेछु प्यारी मृत्युको साथमा
बाँचे भने फर्कौला प्यारी म तिम्रो काखमा

पिउन पनी पाईंदैन पानी मरूभुमिमा हुन्छ बास
आधा खबुश खाएर प्यारी धान्नु पर्छ सास

सपना बोकी आएको प्रदेश धन पैसा कमाउन
तिम्रो र मेरो सपनाको संसार सानो घर बनाउन

झर्लक्क याद आयोनी प्यारि मुना र मदनको
संसारले आँखा चिम्लीन्छकी प्यारी भर छैन जिबनको।।

तिलक भण्डारी “कमल”
हाल : कुवेत।