News Portal

सल्यानकाे बनगाड कुपिण्डेमा प्रथम मेयर कप उद्घाटन

हिमाली संचार संवाददाता
५९८ पटक

दुर्गा वि.सी.
सल्यान– बनगाड कुपिण्डे नगर पालिकामा प्रथम मेयर कप उद्घाटन भएको छ । मेयर कप उद्घाटन सत्रमा सल्यानका स्थानीय तहका प्रमुख,उप प्रमुखहरुको उपस्थिती रहेको थियो।

नगरका १२ वटै वडाबाट पुरुष तर्फ १२ वटा टिम र महिला तर्फ ९ वटा टिम सहभागि भएका छन् ।

मेयर कप उद्घाटन सत्रमा विशिष्टि अतिथी बागचौर नगरपालिकाका प्रमुख लोकमान वुढाथोकि,कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया वुढामगर,दार्मा गाउँपालिकाका अध्यक्ष निम वहादुर के.सी लगाएतका वक्ताहरुले प्रथम मेयर कपको शुभकामना मन्तव्य दिनु भएको थियो ।

मेयर कप उद्घाटन भने कार्यक्रमका विशिष्ट अतिथी तथा वाग्चौर नगरपालिकाका नगर प्रमुख लोकमान वुढाथोकिले गर्नु भएको थियो । नगरका प्रत्येक वडाहरुबाट पुरानो संस्कृती जगेर्ना हुने गरि विभिन्न झाँकि सहित नृत्य प्रस्तुत भएको थियो ।

पुराना लोप हुन लागेका बनगाडी टप्पा,सैरेलु,सिंगारु,पञ्चेवाजा,हिउँपा,मयूर नाच र लहरे नाच प्रस्तुत गरीएको थियो । प्रथम मेयर कप प्रतियोगितामा नगरवासिको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख गोविन्द कुमार पुनद्धारा खेलसँगै कला संस्कृती र लोपहुन लागेका बनगाडका यी मौलीक पनाले मन छोएको वताउँनु भएको थियो । खेल जगत सँगसँगै कला संस्कृतीमा समेत नगरले जर्गना गर्ने जनाउनु भएको छ ।

हाम्रा पहिचान,भेषभुषा,भाषा संस्कारको संरक्षण गर्नु नगरको प्रमुख दाईत्व भएकोले मेयर कपमा विभिन्न संस्कारका नृत्य समेत प्रदर्शन गरेकामा खुसी व्यक्त गर्नु भएको छ । त्यसै गरि पार्टि प्रतिनिधी,विभिन्न निकायका प्रतिनीधिहरुले प्रथम मेयर कपको शुभकामना मन्तव्य दिएका थिए ।

उद्घाट सत्रको सुरुमा जनप्रतिनीधी र कर्मचारी विचको मैत्रीपुर्ण खेल आयोजना गरिएको थियो । नगर उपप्रमुख मञ्जु यरिको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्रीले गर्नु भएको थियो । खेल ३ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...