News Portal

  • सल्यानकाे बनगाड कुपिण्डेमा प्रथम मेयर कप उद्घाटन

    हिमाली संचार संवाददाता
    ४९४ पटक

    दुर्गा वि.सी.
    सल्यान– बनगाड कुपिण्डे नगर पालिकामा प्रथम मेयर कप उद्घाटन भएको छ । मेयर कप उद्घाटन सत्रमा सल्यानका स्थानीय तहका प्रमुख,उप प्रमुखहरुको उपस्थिती रहेको थियो।

    नगरका १२ वटै वडाबाट पुरुष तर्फ १२ वटा टिम र महिला तर्फ ९ वटा टिम सहभागि भएका छन् ।

    मेयर कप उद्घाटन सत्रमा विशिष्टि अतिथी बागचौर नगरपालिकाका प्रमुख लोकमान वुढाथोकि,कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया वुढामगर,दार्मा गाउँपालिकाका अध्यक्ष निम वहादुर के.सी लगाएतका वक्ताहरुले प्रथम मेयर कपको शुभकामना मन्तव्य दिनु भएको थियो ।

    मेयर कप उद्घाटन भने कार्यक्रमका विशिष्ट अतिथी तथा वाग्चौर नगरपालिकाका नगर प्रमुख लोकमान वुढाथोकिले गर्नु भएको थियो । नगरका प्रत्येक वडाहरुबाट पुरानो संस्कृती जगेर्ना हुने गरि विभिन्न झाँकि सहित नृत्य प्रस्तुत भएको थियो ।

    पुराना लोप हुन लागेका बनगाडी टप्पा,सैरेलु,सिंगारु,पञ्चेवाजा,हिउँपा,मयूर नाच र लहरे नाच प्रस्तुत गरीएको थियो । प्रथम मेयर कप प्रतियोगितामा नगरवासिको उल्लेख्य सहभागिता रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख गोविन्द कुमार पुनद्धारा खेलसँगै कला संस्कृती र लोपहुन लागेका बनगाडका यी मौलीक पनाले मन छोएको वताउँनु भएको थियो । खेल जगत सँगसँगै कला संस्कृतीमा समेत नगरले जर्गना गर्ने जनाउनु भएको छ ।

    हाम्रा पहिचान,भेषभुषा,भाषा संस्कारको संरक्षण गर्नु नगरको प्रमुख दाईत्व भएकोले मेयर कपमा विभिन्न संस्कारका नृत्य समेत प्रदर्शन गरेकामा खुसी व्यक्त गर्नु भएको छ । त्यसै गरि पार्टि प्रतिनिधी,विभिन्न निकायका प्रतिनीधिहरुले प्रथम मेयर कपको शुभकामना मन्तव्य दिएका थिए ।

    उद्घाट सत्रको सुरुमा जनप्रतिनीधी र कर्मचारी विचको मैत्रीपुर्ण खेल आयोजना गरिएको थियो । नगर उपप्रमुख मञ्जु यरिको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्रीले गर्नु भएको थियो । खेल ३ दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...