News Portal

  • सांसद रसाइलीको तर्कसँगत कुरा सुनेर ओलीका मन्त्रीहरू छ्क्क परे

    हिमाली संचार संवाददाता
    ३६२ पटक

    काठमाडौं : नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ ले प्रधानमन्त्री खड्गप्रसाद ओलीले दक्षिण कोरियाको धर्म प्रचारक विश्व विद्यालयसँग विद्यावारिधी लिएको विषयमा सदनलाई जानकारी दिनुपर्ने माग गरेका छन्। संसदको सोमबार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसद रसाइलीले प्रधानमन्त्री जस्तो व्यक्ति पटकपटक क्रिश्चियन धर्म प्रचारक संस्थासँग साँठगाँठ गरेको भन्दै आपत्ति जनाए।

    ‘गत वर्ष सरकारको संलग्नतामा १३ करोड लगानी लगाएर प्रधानमन्त्रीले वैदेशिक एउटा धर्मप्रचारक संस्थासँग कार्यक्रम गरेको कुरा जनताका बीचमा व्यापक आलोचना भयो’, उनले भने। ‘फेरि काङनाङमा विश्व विद्यालय दक्षिण कोरियाबाट प्रधानमन्त्रीलाई विद्यावारिधी प्रदान गरेको कुरा व्यापक चर्चा भएको छ।

    ‘उक्त संस्थाले नेपालमा आएर विश्व विद्यालयमार्फत विद्यार्थी नेपालमा आएर दुई चार दिन विश्व विद्यालयमा काम गरेर बाँकी समय धर्म प्रचार गरेको भनेर पुष्टि भइसकेपछि त्रिभुवन विश्व विद्यालयले सम्झौता भङ्ग गरेको थियो । फेरि के कति कारणले त्यही विश्व विद्यालयसँग सम्झौता भङ्ग गरियो ? उनले प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका छन् ।

    ‘प्रधानमन्त्रीलाई विद्यावारिधी धर्म प्रचारक संस्थाले दिनु तथा राज्यको धर्म हुँदैन भनेको के हो ? सरकारको आधिकारिक धारणा जान्न चाहेको हो । जानकारी पाउँ’, कांग्रेसका सांसद रसाइलीले भनेका छन् ।

    नेपाली कांग्रेसका सांसद रसाइलीले प्रधानमन्त्री ओलीले क्रिश्चियन धर्म प्रचारक दक्षिण कोरियाको विश्वविद्यालयसँग विद्यावारिधि लिएको बारेमा बोल्दै गर्दा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन र कानूनमन्त्री भानुभक्त ढकालले विशेष ध्यान दिएर सुनेका थिए। नेपाली कांग्रेसका सांसदहरूले टेलुबमा हातले ढ्यापढ्याप पारी समर्थन जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    रंगेलीमा अटिजम भएका बालबालिका विद्यालय जानबाट वञ्चित

    रविन्द्र बराल/ मोरङ, असार ४ – रंगेली नगरपालिका भित्र पछिल्लो समयमा अटिजम भएका बालबालिकाहरू विद्यालय...

    झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

    कुवेत, असार ४ – कुवेतमा रहेका झापालीहरूको साझा संगठन झापाली समाज कुवेत ले आउँदो ११...

    काठमाडौंमा रिबर्मा खोलाको पानी वितरण सुरु, मेलम्ची आयोजनाको पुनरागमन

    काठमाडौं, असार ४ – राजधानीवासीका लागि खानेपानी आपूर्तिमा राहत दिने उद्देश्यले मेलम्ची आयोजनाबाट रिबर्मा खोलाको...

    नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

    काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस...

    त्रिभुवन विमानस्थलबाट १ किलो बढी सुन बरामद, भारतीय महिला पक्राउ

    काठमाडौं, असार ४ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एकपटक सुन तस्करीको प्रयास विफल पारिएको छ।...