News Portal

भिम रावलले फेरी नग्याए प्रधानमन्त्री ओलीलाई, दिए यस्तो चेतावनी

हिमाली संचार संवाददाता
४९१ पटक

काठमाडौँ, २० जेठ : नेपाल कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले बजेटमा उल्लेखित विषय र सरकारको व्यवहारमा तालमेल नमिलेको भन्दै ओली सरकारकै गम्भीर आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै उनले बजेटमा स्वदेशप्रेम, देशभक्ति र सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विषय पाठ्यक्रममा राख्ने विषय उल्लेख भए पनि सरकारले व्यवहारमा कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् ।

‘बजेटमा यो कुरा आइरहँदा एउटा धर्म प्रचारक विश्वविद्यालयले प्राथमिकता किन पाउँछ, विगतमा नेपालको संस्कृतिमाथि प्रहार गरेको आरोपमा जो सँगको सम्झौता रद्द भएको थियो । बजेटमा यस्तो कार्यक्रम आइरहँदा बाहिर त्यस्तो सम्झौता किन हुन्छ’ उनले प्रश्न गरे। केही दिनअघि त्रिविले कोरियाको काङनाङ विश्वविद्यालयसँग ५ वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको थियो ।

उक्त विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो। रावलले बजेटमा राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामा जोड दिने विषय उल्लेख गर्ने तर व्यवहारमा पोखरामा संयुक्त सैन्य अभ्यास गर्ने कार्यबीच तालमेल नमिलेको बताए ।

‘अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा हाम्रो देशको स्वतन्त्रता सार्वभौमसत्ता, भौगोलिक अण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षामा जोड दिने कुरा (बजेटमा) राखिएको छ, यो एकदम राम्रो कुरा हो। तर यहाँ बजेट प्रस्तुत भइरहँदा पोखरामा अन्तर्राष्ट्रिय संयुक्त सैन्य अभ्यास किन हुन्छ ?’ उनले प्रश्न गरे ।

उनले अमेरिकी राजदूतले कुटनीतिक मर्यादाविपरीत राजदूतसँग गफगाफ कार्यक्रम गरिरहेको भन्दै सरकारले किन रोक्न नसकेको भनी प्रश्न गरे । ‘कुनै देशको राजदूतले भियना अभिसन्धीको विरुद्धमा खुलेआम किन काम गर्छ किन नियन्त्रण हुँदैन ?’ रावलले सोधे । नेता रावलले बजेटमा उल्लेख गरेका विषय व्यवहारमा पनि कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...