News Portal

  • भिम रावलले फेरी नग्याए प्रधानमन्त्री ओलीलाई, दिए यस्तो चेतावनी

    हिमाली संचार संवाददाता
    ४५० पटक

    काठमाडौँ, २० जेठ : नेपाल कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले बजेटमा उल्लेखित विषय र सरकारको व्यवहारमा तालमेल नमिलेको भन्दै ओली सरकारकै गम्भीर आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभामा बजेट छलफलमा भाग लिँदै उनले बजेटमा स्वदेशप्रेम, देशभक्ति र सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विषय पाठ्यक्रममा राख्ने विषय उल्लेख भए पनि सरकारले व्यवहारमा कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् ।

    ‘बजेटमा यो कुरा आइरहँदा एउटा धर्म प्रचारक विश्वविद्यालयले प्राथमिकता किन पाउँछ, विगतमा नेपालको संस्कृतिमाथि प्रहार गरेको आरोपमा जो सँगको सम्झौता रद्द भएको थियो । बजेटमा यस्तो कार्यक्रम आइरहँदा बाहिर त्यस्तो सम्झौता किन हुन्छ’ उनले प्रश्न गरे। केही दिनअघि त्रिविले कोरियाको काङनाङ विश्वविद्यालयसँग ५ वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको थियो ।

    उक्त विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो। रावलले बजेटमा राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामा जोड दिने विषय उल्लेख गर्ने तर व्यवहारमा पोखरामा संयुक्त सैन्य अभ्यास गर्ने कार्यबीच तालमेल नमिलेको बताए ।

    ‘अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा हाम्रो देशको स्वतन्त्रता सार्वभौमसत्ता, भौगोलिक अण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षामा जोड दिने कुरा (बजेटमा) राखिएको छ, यो एकदम राम्रो कुरा हो। तर यहाँ बजेट प्रस्तुत भइरहँदा पोखरामा अन्तर्राष्ट्रिय संयुक्त सैन्य अभ्यास किन हुन्छ ?’ उनले प्रश्न गरे ।

    उनले अमेरिकी राजदूतले कुटनीतिक मर्यादाविपरीत राजदूतसँग गफगाफ कार्यक्रम गरिरहेको भन्दै सरकारले किन रोक्न नसकेको भनी प्रश्न गरे । ‘कुनै देशको राजदूतले भियना अभिसन्धीको विरुद्धमा खुलेआम किन काम गर्छ किन नियन्त्रण हुँदैन ?’ रावलले सोधे । नेता रावलले बजेटमा उल्लेख गरेका विषय व्यवहारमा पनि कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...