News Portal

तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष माझी अर्काकी श्रीमतिसंग रंङ्गेहात समातिए

हिमाली संचार संवाददाता
६३१ पटक

रामेछाप, २० जेठ : रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडाध्यक्ष गोपालवहादुर माझी अर्काकी श्रीमतिसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन । माझी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका हुन।

भक्तपुरको चारादोवाटोबाट माझी र भलुवाजोर कुभिण्डेकै एक विवाहित महिलाले आफुहरु श्रीमान श्रीमति भएको भन्दै गएको मंसिर देखि कोठा लिएर वसेको सुइको पाएपछि माझीकी श्रीमति कृष्णमाया र महिलाका श्रीमान कविराज श्रेष्ठ मिलेर दुवैलाई गए राति ११:३० बजे कोठाबाट पक्राउ गरेका हुन ।

पक्राउ परेका दुवै महानगरिय प्रहरी प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोइरालाले जानकारी दिए। उनिहरु विरुद्ध सोमबार बहुबिवाह मुद्धा दायर गर्ने कृष्णमाया माझीले वताईन ।

कुभिाण्डेका कविराज श्रेष्ठ बैदेशिक रोजगारीका लागि दुवईमा थिए । उनले श्रीमतिको बारेमा गाईगुई सुनेका थिए । २० दिन अघि काठमाण्डौं फर्केका उनले श्रीमतिलाई सम्पर्क गर्न खोजे तर सम्पर्क भएन ।

परिवारका केहि सदस्यबाट छोरा होस्टलमा राखेको थाहा भयो । सिनामगंगलको होस्टलमा छोरा हालेको थाहा पाए । श्रीमति संग सम्पर्क कायम गर्नका कयौं प्रयत्न गरे तर सकेनन । सिन्धुली तिनपाटन माईति भएकी २७ बर्षिय श्रीमतिलाई कविराजले सिन्धुलीमै छोडेर विदेश गएका थिए ।

उता केहि बर्ष देखि घरबाट निकालिएकी माझीकी श्रीमति कृष्णमायाले समेत श्रीमानको खोजि गरिरहेकी थिईन । काठमाण्डौंमा एउटा सुरक्षा कम्पनीमा काम गर्दै आएकी कृष्णमायाको भेट कविराज संग भयो । दुवै मिलेर खोज्न थाले।भक्तपुरको चारदोवाटोमा कोठा रहेको र दुवै श्रीमान श्रीमति भएर वसेको जानकारी पाएपछि खोज्दै उनिहरुको भएको कोठामा पुगे ।

बाहिर माझीको मोटरसाईकल राखिएको थियो । कृष्णमायाले मोटरसाईकल चिनिन र पक्कै संगै छन भनेर प्रहरीलाई बोलाइएन । प्रहरी आएपछि कोठा खोल्न लगाउदा दुवै सगैं भेटिए । अनि श्रीमान श्रीमतिको रुपमा वसेको प्रमाणका लागि केहि तस्विरहरु पनि कोठामा सजाएको भेटें ।

गोपाल माझी र कृष्णमायाका ८ बर्षिय छोरा छन । उनी गोपाल सगैं छन । कृष्णमाया ४ बर्ष देखि माझी संग छैनन । ‘मलाई कम्ती सास्ती दिएको छैन’ माझी भन्छिन – मैले पहिले देखिनै गाईगाई सुनेकी थिएं, प्रमाण फेला नपारेर मुद्धा हाल्न सकेकी थिईन, अव प्रमाण भेंटे मुद्धा दिन्छु । गोपाल र कृष्णमाया वेग्लाबेग्लै वस्ने भएपनि सम्बन्ध विच्छेद भएको छैन । कृष्णमायाले अर्को विवाह पनि गरेकी छैनन ।

कृष्णमायाका अनुसार ४ दिन अघि गोपालले ति महिलालाई भलुवाजोरको कुनौरीमा लगेका थिए । गोपालले नया घर वनाएका छन । गृह प्रवेशका अवसरमा ति महिला पनि आएकी थिईन ।

आईतबार उनले बहिनीसंग गाडिमा ति महिलालाई काठमाण्डौं पठाएका हुन । त्यसको केहि घण्टा पछि आफु मोटरसाईकलमा काठमाण्डौं हिडेका हुन । ‘घर प्रवेश भने पनि त्यसले बिबाहको भोग गरेको हुनुपर्छ ’ कृष्णमायाले भनिन ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...