News Portal

  • प्रधानमन्त्रीले संघीयता चलाउन सकेनन् – यूवा नेता थापा

    हिमाली संचार संवाददाता
    ४२७ पटक

    निरज अधिकारी
    लमजुङ, २० जेठ : नेपाली कांग्रेसका यूवा नेता गगनकुमार थापाले देशको प्रधानमन्त्रीलाई संसदमा झगडा गर्नबाहेक केही थाहा नभएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत आईतबार बेसीशहर नगरपालिका–११ चिति वडा समितिले चिति तिलाहारमा गरेको विशाल आमसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले संघीयता चलाउन नसक्ने दावी गरे ।

    देश र नेपाली जनताको सामान्य अवस्था के छ भनेर थाहा नहुने प्रधानमन्त्रीबाट नेपाली जनताले सुखको अनुभुति कदापि गर्न नसक्ने थापाको भनाई थियो। नेकपा नेतृत्वको सरकारको एक बर्ष बित्यो, हरेक क्षेत्रमा हेर्नुस के परिवर्तन छ ?

    उनले जनतासामु प्रश्न गर्दै भने, ‘मत हालेका कार्यकर्ताहरुले समेत शिर ठडाएर सर्मथन गर्ने हिम्मत गर्न सकेका छैनन् ।’ दुई तिहाई बहुमत प्राप्त सरकारले केही गरेन भनेर आरोप प्रत्यारोप गर्नुभन्दा पनि प्रतिपक्षको भुमिकालाई कांग्रेसले आफनो क्षमता बढाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

    निर्मला हत्याकाण्डको विषयमा पनि सरकार निर्जल्ल बन्नु र उनको परिवारलाई सान्तवना दिनुको साटो संसदमा बसेर कांग्रेसलाई गाली गर्नु लज्जास्पद विषय भएको नेता थापाको भनाई थियो। जनतालाई जीउ धनको सुरक्षामा ग्यारेन्टी दिन्छु भन्ने सरकारले जनताको सुष्म अवस्था समेत थाहा नपाउँदा सरकार जनताको नजरसामु गिरेको नेता थापाको जोड थियो ।

    पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्तले वडा स्तरदेखि नै कांग्रेसले प्रतिपक्षको भुमिका निर्वाह गर्न आग्रह गरिन् । कार्यक्रममा पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारी, तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेत, कांग्रेस जिल्ला सभापति भेष बहादुर पौडेल लगायत पूर्व सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधीहरुले आफनो धारणा राखेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन २१ गतेको राशिफल

    आज साउन २१, २०८२ (अगस्त ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धरालीमा विनाशकारी बाढी : चारको ज्यान गयो, कैयौं अझै बेपत्ता

    काठमाडौं, साउन २० – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँ भीषण प्राकृतिक प्रकोपको चपेटामा...

    साइबर अपराध आरोपमा लेकसाइडबाट पक्राउ परिन् शर्मिला वाइबा, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

    पोखरा, साउन २० – साइबर अपराधसम्बन्धी अभियोगमा सामाजिक सञ्जालमा सक्रिय रहिएकी शर्मिला वाइबालाई प्रहरीले मंगलबार...

    तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

    विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको...

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको...