News Portal

प्रधानमन्त्रीले संघीयता चलाउन सकेनन् – यूवा नेता थापा

हिमाली संचार संवाददाता
५२० पटक

निरज अधिकारी
लमजुङ, २० जेठ : नेपाली कांग्रेसका यूवा नेता गगनकुमार थापाले देशको प्रधानमन्त्रीलाई संसदमा झगडा गर्नबाहेक केही थाहा नभएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत आईतबार बेसीशहर नगरपालिका–११ चिति वडा समितिले चिति तिलाहारमा गरेको विशाल आमसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले संघीयता चलाउन नसक्ने दावी गरे ।

देश र नेपाली जनताको सामान्य अवस्था के छ भनेर थाहा नहुने प्रधानमन्त्रीबाट नेपाली जनताले सुखको अनुभुति कदापि गर्न नसक्ने थापाको भनाई थियो। नेकपा नेतृत्वको सरकारको एक बर्ष बित्यो, हरेक क्षेत्रमा हेर्नुस के परिवर्तन छ ?

उनले जनतासामु प्रश्न गर्दै भने, ‘मत हालेका कार्यकर्ताहरुले समेत शिर ठडाएर सर्मथन गर्ने हिम्मत गर्न सकेका छैनन् ।’ दुई तिहाई बहुमत प्राप्त सरकारले केही गरेन भनेर आरोप प्रत्यारोप गर्नुभन्दा पनि प्रतिपक्षको भुमिकालाई कांग्रेसले आफनो क्षमता बढाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

निर्मला हत्याकाण्डको विषयमा पनि सरकार निर्जल्ल बन्नु र उनको परिवारलाई सान्तवना दिनुको साटो संसदमा बसेर कांग्रेसलाई गाली गर्नु लज्जास्पद विषय भएको नेता थापाको भनाई थियो। जनतालाई जीउ धनको सुरक्षामा ग्यारेन्टी दिन्छु भन्ने सरकारले जनताको सुष्म अवस्था समेत थाहा नपाउँदा सरकार जनताको नजरसामु गिरेको नेता थापाको जोड थियो ।

पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कमला पन्तले वडा स्तरदेखि नै कांग्रेसले प्रतिपक्षको भुमिका निर्वाह गर्न आग्रह गरिन् । कार्यक्रममा पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारी, तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेत, कांग्रेस जिल्ला सभापति भेष बहादुर पौडेल लगायत पूर्व सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधीहरुले आफनो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...