News Portal

चीनको ताक्लाकोटमा काम गर्दै आएका २ हजार हुम्लाबासीको रोजगार गुम्दै

हिमाली संचार संवाददाता
५२३ पटक

राजन रावत
सिमकोट, २० जेठ : चीनको ताक्लाकोटमा काम गर्दै आएका २ हजार हुम्लाबासीको रोजगारी गुम्ने भएको छ । केही दिन अघि ताक्लाकोटमा चिनीया युवतीको हत्या आरोप हुम्लाका युवा माथि लाग्दा अन्य सबै कामदारलाई नेपाल फिर्ता पठाउन लागेपछि रोजगारी गुम्ने भएको हो ।

ताक्लाकोटमा रहेका हुम्लाका सबै कामदारहरुको सीमा पास चिनीया प्रहरीले खोसेर हिल्सातर्फ पठाउन सुरु गरेको हाल ताक्लाकोटमा रहनु भएका सिमकोट १ का राम बहादुर भण्डारीले बताउनु भयो । १ जनाले गल्ती गर्ने त्यसको दोषको भागिदार हुम्लाका २ हजार कामदारहरुले भोग्नु परेको दुखेसो उहाँले बताउनु भयो ।

भाषाको कारण घटनाका बारेमा द्धिपक्षीय वार्ता र समस्या समाधानका लागि पहल गर्ने निकाय समेत नदेखिएको भण्डारीले बताउनु भयो । विगत देखि नै ताक्लाकोट र आसपासका क्षेत्र हुम्लाका युवाहरुको रोजगारी गर्दै आउनु भएको थियो । अब रोजगारी गुम्ने भए पनि ताक्लाकोटमा रहेका सबै युवाहरु निरास रहेको भण्डारीले बताउनु भयो।

हालसम्म चिनीया प्रहरीले ताक्लाकोटमा काम गरी रहनु भएका १२३ जना कामदारलाई हुम्लासंगको नाका हिल्सामा फिर्ता पठाएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनु भयो।

हुम्लाका युवामाथि चिनीया युवतीको हत्या आरोप लागेपछि हुम्ली कामदारमाथि चिनीया प्रहरीले बढी निगरानी राख्न थालेको र हाल आएर फिर्ता पठाउन सुरु गरेको उहाँले बताउनु भयो।

१० दिन अगाडी चिनीया युवतीको हत्या गरेको आरोप हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका वडा नम्बर २ का तेज बहादुर फडेरा माथि लागेको र उनलाई चिनीया प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । हाल फडेरालाई टुन्चुमा प्रहरी हिरासतमा राखी अनुसन्धान भइ रहेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...