News Portal

चीनको ताक्लाकोटमा काम गर्दै आएका २ हजार हुम्लाबासीको रोजगार गुम्दै

हिमाली संचार संवाददाता
४६९ पटक

राजन रावत
सिमकोट, २० जेठ : चीनको ताक्लाकोटमा काम गर्दै आएका २ हजार हुम्लाबासीको रोजगारी गुम्ने भएको छ । केही दिन अघि ताक्लाकोटमा चिनीया युवतीको हत्या आरोप हुम्लाका युवा माथि लाग्दा अन्य सबै कामदारलाई नेपाल फिर्ता पठाउन लागेपछि रोजगारी गुम्ने भएको हो ।

ताक्लाकोटमा रहेका हुम्लाका सबै कामदारहरुको सीमा पास चिनीया प्रहरीले खोसेर हिल्सातर्फ पठाउन सुरु गरेको हाल ताक्लाकोटमा रहनु भएका सिमकोट १ का राम बहादुर भण्डारीले बताउनु भयो । १ जनाले गल्ती गर्ने त्यसको दोषको भागिदार हुम्लाका २ हजार कामदारहरुले भोग्नु परेको दुखेसो उहाँले बताउनु भयो ।

भाषाको कारण घटनाका बारेमा द्धिपक्षीय वार्ता र समस्या समाधानका लागि पहल गर्ने निकाय समेत नदेखिएको भण्डारीले बताउनु भयो । विगत देखि नै ताक्लाकोट र आसपासका क्षेत्र हुम्लाका युवाहरुको रोजगारी गर्दै आउनु भएको थियो । अब रोजगारी गुम्ने भए पनि ताक्लाकोटमा रहेका सबै युवाहरु निरास रहेको भण्डारीले बताउनु भयो।

हालसम्म चिनीया प्रहरीले ताक्लाकोटमा काम गरी रहनु भएका १२३ जना कामदारलाई हुम्लासंगको नाका हिल्सामा फिर्ता पठाएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताउनु भयो।

हुम्लाका युवामाथि चिनीया युवतीको हत्या आरोप लागेपछि हुम्ली कामदारमाथि चिनीया प्रहरीले बढी निगरानी राख्न थालेको र हाल आएर फिर्ता पठाउन सुरु गरेको उहाँले बताउनु भयो।

१० दिन अगाडी चिनीया युवतीको हत्या गरेको आरोप हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका वडा नम्बर २ का तेज बहादुर फडेरा माथि लागेको र उनलाई चिनीया प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । हाल फडेरालाई टुन्चुमा प्रहरी हिरासतमा राखी अनुसन्धान भइ रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...