News Portal

  • सेनाले संचालन गरेको घुम्ती स्वास्थ्य शिविरद्वारा ६६० बिरामीले स्वास्थ परिक्षण गरे

    हिमाली संचार संवाददाता
    ४९३ पटक

    रबिन्द्र बराल
    मोरङ, १९ जेठ : नेपाली सेना श्री सुर्यदल गण थलाहा ब्यारेकद्धारा एकीकृत स्वास्थ्य तथा घुम्ती सेवा शिविर संचालन गरेको छ। शनिबार मोरङकाे मिक्लाजुङ गाउपालीकाकाे वडा नम्बर ३ स्थित धोवेनी कालिका माध्यमिक बिधालयकाे प्रागणमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। सैनिक नागरीक सम्वन्धलाई थप प्रगाढ बनाउने उदेश्यले यस्तो कार्ययक्रम गरिएको हाेे।

    पशु र कृषि सेवालाई स्थानीय स्तरसम्म पुर्‍याउने उद्धेश्यले श्री सूर्यदल गण थलाहा ब्यारेकको आयोजनामा स्वास्थ्य शिविरको अायाेजना गरिएको गणका गणपति प्रमुख सेनानी रघुनाथ पौडेलको समवन्य तथा मिक्लाजुङ गाउपालिका, कृषि ज्ञान सेवा केन्द्र सुनसरी मोरङ, भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बिराटनगर, नम्बर २ फि.ए. गुल्म, गोल्डेन हस्पिटल, जीवन बिकास पव्लिक हेल्थ केयर सेन्टर, लायन्स क्लब बिराटनगर, कोशी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी, सहयाेगमा एकीकृत स्वास्थ्य तथा घुम्ती सेवा शिविर संचालन गरिएको हाे।

    उक्त स्वास्थ्य शिविरमा जनरल ओ.पि.डि.तर्फ ३ सय १३ जना, स्त्री रोग तर्फ २ सय ७२ जना, दांत परिक्षण ४८ जना, ई सि जि सेवातर्फ २३ जना, हाडजोर्नी तथा नशा सेवातर्फ ५५ जना, न्युरो सेवा तर्फ ३१ जना, मृगौलातर्फ ११ जना, छाला तथा चर्मरोगतर्फ २६ जना र बाल बालिकातर्फ ७५ जना गरी कुल ६६० जना बिरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गराएका छन।

    साथै औषधी बितरण गर्नुका साथै सहभागी मध्ये ५३ जनाको निशुल्क सुगर ल्याव टेष्ट परिक्षण समेत गरिएका छन। बिऊ बिजन औषधी समेत बितरण गरेका थिए । उक्त सेवामा २ सय ८१ जना कृषकलाई बिभिन्न कृषि, भेटनरी सेवा, पशु बन्ध्याकरण सेवा, पशु उपचार, पशु परामर्श, गोवर परिक्षण, शल्यक्रिया, गर्भधान परिक्षण, पशु कृत्रिम गर्भधान सेवा ७ गोटा, औषधी बितरण तथा अन्य सेवा, ४ हजार गोटा पशुपछीहरुको परिक्षण जना १ सय ८२ जना कृषकहरुलाई कृषि परामर्श, बाली उपचार, माटो परिक्षण, औषधी बितरण गर्नुकाे साथै १ सय ४५ जना कृषकहरुलाई कृषि विउ बिजन बितरण भएको थियो। सुर्यदल गण थलाहाका सह सेनानी राजु थापाले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्ड भन्छन्: निश्चित प्रक्रिया अपनाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने तयारीमा छु

    काठमाडौं, असोज ३ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हस्तान्तरणका विषयमा आफू...

    आज २०८२ साल असोज ३ गतेको राशिफल

    आज असोज ३, २०८२ (सेप्टेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ओली सेनाको सुरक्षाबाट बाहिरिए

    काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको...

    रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु

    मोरङ, असोज २ – देशकै नमुना र उदाहरणीय नगरपालिकामध्ये पर्ने रंगेली नगरपालिकाले तत्काल सेवा पुनः...

    हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

    काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं...