News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नवगठित समाजवादी पार्टी अबको चुनावमा पहिलो शक्ति हुने बाबुराम र उपेन्द्रको दावी

    हिमाली संचार संवाददाता
    ४८९ पटक

    बुटवल, १८ जेठ : नवगठित समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले आउने चुनावसम्म पार्टीलाई पहिलो पार्टी बन्ने दावी गरेका छन्। पार्टी एकीकरणबारे भैरहवामा आयोजित प्रदेश ५ स्तरीय कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा दुबै अध्यक्षले एक स्वरमा देशभर संगठन विस्तार गरी कम्युनिष्ट र कांग्रेसको विकल्पमा पहिलो शक्ति बनाएर देखाउने दावी गरे ।

    समाजवादी पार्टीले २०५२ सालपछि उदय भएका क्रान्तिकारी, पहिचानवादी र परिवर्तनकारी पार्टी, शक्ति र समूहलाई पार्टी एकतामा ल्याई आगामी चुनावपछि देशको नेतृत्व गर्ने भट्टराईले दावी गरे ।
    ‘समाजवादी पार्टी अब ४०–५० सिटमा चित्त बुझाएर नेकपा वा कांग्रेसको पुच्छर बनेर २÷४ जना मन्त्री खाने पार्टी बन्दैन’ भट्टराईले भने ‘देशभर संगठन बनाएर सरकारको नेतृत्व गर्ने हो ।

    कांग्रेसको पुँजीवाद र नेकपाको साम्यवाद दुबै विचारधारा विश्वमै असफल भइसकेको भन्दै उनले समाजवादी पार्टी विकल्प बन्ने दावी गरे । संघीय परिषद अधयक्ष डा. बाबुराम भट्टराईले भने ‘समाजवादी पार्टीको गठनसंगै नेकपा र कांग्रेसको दिनगन्ती शुरु भएको छ ।

    सत्तारुढ नेकपा र कांग्रेस एकल जातीय, एकल लिंगीय पार्टी भएको आरोप लगाउंदै भट्टराईले समाजवादी पार्टी नै वैचारिक ढंगले नयां र हिमाल, पहाड, तराई मधेसलाई जोड्ने समावेशी पार्टी भएको दावी गरे।प्रचण्डले जनयुद्धकालमा एजेण्डा छाडेर पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाउंदै भट्टराईले प्रचण्ड भन्दा आफू क्रान्तिकारी भएको जिकिर गर्दै नेकपाका क्रान्तिकारी, पहिचानवादी नेता कार्यकर्तालाई समाजवादी पार्टीमा आउन आग्रह गरे।

    अहिलेको राज्य पुनःसंरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली गलत भएको तर्क गर्दै भट्टराईले सरकार, सदन र सडक आन्दोलनमार्फत सरकारलाई झुकाएर संविधान संशोधन गराएरै छाड्ने बताए। पहिलो संविधानसभाको राज्य पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार ११ प्रदेशसहितको राज्यको पुनःसंरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद भएपछि मात्र मुलुकमा समृद्धि र दिगो शान्ति आउने उनले स्पष्ट पारे ।

    विज्ञहरुले सिफारिस गरेको ११ प्रदेशमा कांग्रेस, तत्कालीन एमाले र माओवादी केन्द्र पनि सहमत भएको स्मरण गर्दै भट्टराईले दोस्रो संविधानसभामा एमाले र कांग्रेसको वहुमत भएपछि ७ प्रदेश आएको बताए । केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले नयाँ शक्तिसंगको पार्टी एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै अब राजपा, जनमुक्ति र अन्य पार्टीसंग पनि एकता गर्ने बताए ।

    समावेशिताका हिसाबले समाजवादी पार्टी पहिलो बनिसकेको र संगठनलाई गाउँटोलसम्म पु¥याएर अबको चुनावमा पहिलो पार्टी बनाउने दावी गरे। नयाँ शक्तिसंग मिल्यौं, अब पुग्यो भन्ने होइन, यो एकता शुरुवात मात्रै हो, अब राजपा, जनमुक्तिलाई पनि एकतामा आउन अपील गर्छौं’ यादवले भने ‘हामी सांच्चिकै लोकतान्त्रिक, समावेशी र वैकल्पिक पार्टी बनाउने लक्ष्यका साथ अघि बढेका छौं र अर्को चुनावसम्म तरक्की गरेर नम्बर वान पार्टी बनाउँछौं ।

    विगतमा आफ्नो पार्टीलाई जातीय र क्षेत्रीय पार्टीको आरोप लाग्ने गरेको स्मरण गर्दै यादवले नयाँ शक्तिसँगको एकतापछि साँचो अर्थमा राष्ट्रिय पार्टी बनेको दावी गरे। खस आर्य, जनजाति, मधेशी, मुस्लिम, दलित, महिला सबैको नेतृत्वमा सार्थक सहभागिता छ’ यादवले प्रश्न गरे ‘आफूलाई राष्ट्रिय पार्टी गर्ने नेकपा र कांग्रेसमा यस्तो कहां छ ?

    अभिमुखीकरणमा पार्टीका उपाध्यक्ष परशुराम खापुङ, नवराज सुवेदी, महासचिव गंगानारायण श्रेष्ठ, शहरी विकास मन्त्री इस्तियाक राईलगायतले तल्लो तहसम्म एकताका क्रममा लचकता अपनाएर भावनात्मक रुपमै एक हुन कार्यकर्तालाई आग्रह गरेका छन्। अभिमुखीकरणमा प्रदेश ५ का करिब एक हजार अगुवा कार्यकर्ता सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्

    झोलुङ्गे पुलबाट कुकुर खोलामा फ्याँक्ने घटना : मानवीयता बिर्सिएका दृश्यले देश आक्रोशित

    काठमाडौं, वैशाख २२ – देशभर अहिले एउटा डरलाग्दो भिडियोले सबैको मन काँपिएको छ। सामाजिक सञ्जालमा...

    बुधबार बागमती प्रदेशभर सार्वजनिक बिदा, सरकारी भाषा दिवसको अवसरमा निर्णय

    काठमाडौं, वैशाख २२ – बागमती प्रदेश सरकारले यही वैशाख २४ गते, बुधबारका दिन सार्वजनिक बिदा...

    प्रधानमन्त्री संसद भवन छिर्दै गर्दा पत्रकारको प्रश्नले चिढिए, बोले— ‘तरिका हुन्छ नि तपाईंहरूको!’

    काठमाडौं, वैशाख २२ – प्रतिनिधि सभाको सोमबारको बैठकमा राजनीतिक रूपमा फरक तर सन्देशमूलक दृश्य देखियो।...

    धनकुटामा यात्रुबाहक बस दुर्घटना : एक वृद्धाको मृत्यु, १४ यात्रु घाइते

    धनकुटा, वैशाख १२ – धरानबाट भोजपुरतर्फ गइरहेको यात्रुबाहक बस आज बिहान धनकुटा नगरपालिका–६ को गोठगाउँस्थित...

    रौतहटको सुधार केन्द्रमा युवकमाथि अमानवीय कुटपिट, भिडियो सार्वजनिक भएपछि प्रहरी सक्रिय

    रौतहट, वैशाख २२ — रौतहट जिल्लाको गौर नगरपालिका–४ मा रहेको एक सुधार केन्द्रमा एक युवकमाथि...