News Portal

  • बनगाड कुपिण्डेले जेष्ठ नागरिकको लागि योजना वनाई अघि वढ्ने

    हिमाली संचार संवाददाता
    २७० पटक

    दुर्गा वि.सी.
    सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले जेष्ठ नागरिकहरुसँग शुक्रबार अन्र्तक्रियामुखि कार्यक्रम गरेको छ। आफ्नो नगरमा रहेका जेष्ठ नागरिकहरु विभिन्न खाले घरायसी समस्या हुने गरेकाले जेष्ठ नागरिकको हेरचाहा र बाबुआमा प्रति छोराछोरीले दाईत्व वोध नगर्ने भएकाले यस प्रति सजग रहन अनुरोध गरिएको छ ।

    जेष्ठ नागरिकको हेरचाहा र उनिहरुलाई के गर्न सकिन्छ । कस्ता खाले समस्या छन् भनेर आज जेष्ठ नागरिक,जनप्रतिनीधी सरोकारवाला निकाय विच छलफल कार्यक्रम समेत गरिएको छ । कार्यक्रम उपस्थित अधिकांस जेष्ठ नागरिकहरुले जस्ले नी वृद्ध भई सकेपछि हेलाँको पात्र हुने गरेको दुखेसो पोखेका थिए । जेष्ठ नागरिकले छोराछोरीले आफ्ना आमावुवा प्रत दाहित्ववोध नगराएको गुनासो गरेका थिए।

    नगरमा जेष्ठ नागरिकहरुका मुख्य समस्या के छन् र तीनीहरुको समाधान कसरि गर्न सकिन्छ भनेर आज बनगाड कुपिण्डे नगरपालिकाले वृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुनले आउँदो आर्थिक वर्षमा जेष्ठ नागरिकका लागि वडा र नगर स्तरिय कार्यक्रम तर्जुमा गर्ने जनाउनु भएको छ ।

    जेष्ठ नागरिकको प्रकृति हेरर खानपान, स्वास्थ्य र आवास जस्ता कुरामा आगमी वजेटबाट सम्बोधन गर्ने उहाँको भनाई छ । निती निर्माण गरेर जेष्ठ नागरिकका समस्या समाधान प्रति आफु लाग्ने नगर प्रमुखको भनाई रहेको छ ।

    जेष्ठ नागरिक सम्बन्धी सरोकारवाला विच भएको अन्र्तक्रियामा जेष्ठ नागरिकहरु, नगर उपप्रमुख मञ्जु यरी, प्रमुख प्रशासकिय अधिकृत हरि वहादुर खत्री, १२ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो । जेष्ठ नागरिकको स्याहार सुसारमा प्रमुख कतव्र्य छोछोरिको भएको औल्याएको थियो । आफ्नो वडा टोल, छरछिमेक र घरमा जेष्ठ नागरिको स्याहारमा सवैले सकारात्मक सोच ल्याउन जरुरी रहेको वताएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सिन्धुलीमा सालको रुख ढल्दा दुई बालबालिकाको ज्यान गयो, तीन घाइते

    सिन्धुली, साउन १६ – सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो भयावह दुर्घटना भयो। एकसाथ वर्षा...

    लागू औषधमुक्त राष्ट्रको दिशामा सरकारले लिएको गति: गृहमन्त्री लेखक

    काठमाडौं, साउन १६ – गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषधको भयावहता मुक्त बनाउने स्पष्ट अभिमुखीकरणका...

    सूचना प्रविधिमा अब्बल बन्ने हो भने, स्वदेशमै सम्भावनाको उज्यालो छ : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं, साउन १६ – देशको समृद्धि सूचना प्रविधिबाटै सुनिश्चित हुन्छ भन्ने धारणा व्यक्त गर्दै सञ्चार...

    अल्पविकसितबाट विकासशील राष्ट्रको यात्रामा नेपाल : प्रधानमन्त्री ओलीको विश्वास

    काठमाडौं, साउन १६ – नेपाल अब विकासको नयाँ मोडमा उभिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले...

    ऊर्जामन्त्री खड्काको भनाइ– “सीप छ भने रोजगारी टाढा छैन”

    काठमाडौं, साउन १६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भन्नुभयो, “रोजगारी सिर्जना र आत्मनिर्भरता...