News Portal

जागरण अभियानले पश्चिम सल्यानका काँग्रेसमा उर्जा थप्यो

हिमाली संचार संवाददाता
४१९ पटक

दुर्गा वि.सी.
सल्यान, १७ जेठ : सल्यानको पश्चिम क्षेत्रमा नेपाली काँग्रेसले आज जागरण अभियान सञ्चालन गरेको छ । बनगाड कुपिण्डे नगरपालिका वडा १ देवस्थलमा भएको कार्यक्रममा दर्जन वढि जिल्ला नेता तथा केन्द्रिय सदस्यहरुले वोलेका थिए। नेपाली काँग्रेस बनगाड कुपिण्डे नगरपालिकाका १२ वटै वडाबाट पार्टि सदस्य तथा कार्यकर्ताहरु उक्त अभियानमा सरिक भएका छन् ।

२ सय भन्दा वढि अगुवा कार्याकताहरुलाई जिल्ला तथा केन्द्रीय नेताहरुले प्रशिक्षण गरेका छन्। जागरण अभियानका क्रममा वोल्ने नेताहरुले कम्युनिष्ट सरकारका गतिविधी प्रति जनता निरास भएकाले प्रतिपक्षले दरिलो भुमिका निर्भाह गर्न अगुवा नेताहरुलाई निर्देशन गरिएको छ। कम्युनिष्ट सरकारका केन्द्र देखि, प्रदेश हुदै स्थानीय तहको कामको हविगत प्रति जनता निक्कै आक्रोशित वनेको समेत वताएको छ ।

नेपाली काँग्रेसले आफ्नो आन्तरिक किचलोलाई साम्य पार्न, केहि आन्तरिक कमीकमजोरि सच्याउन गाउँ स्तरका कार्यकर्तालाई अपिल समेत गरिएको छ। तल्लो स्तर देखि पार्टिका आन्तरिक क्रियाकलाप र गतिविधी वढाउ दिन समेत रुलिङ गरिएको छ। फेरी पनि देशमा नेपाली काँग्रेसको लहर आउने ठोकुवा समेत गरिएको छ ।

जनताहरु अहिले पछुताई रहेको र कम्युनिष्ट सरकारका कामकाज प्रति निरास भएको समेत दावि गरिएको छ । देशमा जति पनि परिर्वतन, विकास र शुसान नेपाली काँग्रेसकै नेतृत्वमा भएकोले अव पनि नेपाली काँग्रेस विना नेपाली जनताको भविश्य उज्जवल नहुने ठोकुवा गरिएको छ ।

बनगाड कुपिण्डेको पश्चिम सल्यानमा भएको जागरण अभियान कार्यक्रम जिल्ला सभापति गणेश चन्द, प्रमुख अतिथी तथा जागरण अभियान कार्यक्रमका प्रमुख वक्ता सुरेन्द्र हमाल, पुर्व राज्य मन्त्री राजेन्द्र वहादुर शाह, पुर्व केन्द्रीय सदस्य डिल्लीराज रेग्मी, अग्रज नेता महेश मल्ल, पुर्व जिल्ला पार्टि सचिव एकराज डाँगी, पार्टि उपसभापति निम वहादुर वली, जिल्ला समन्वय समितीका सभापति केश वहादुर विष्ट, पुर्व केन्द्रीय सदस्य धुव्रराज पुरी, सुरेश अधिकारी र महासमिती सदस्य लक्ष्मी सुनार लगायतका नेताहरुले जागरण अभियानमा मन्तव्य राखेका थिए । साथै जागरण अभियान कार्यक्रमले नेपाली काँग्रेसका शुभ चिन्तकहरुलाई उत्साह सिर्जना गरेको वताएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...