News Portal

यौन हिंसा कम गर्न आत्मरक्षा तालिमको आयोजना

हिमाली संचार संवाददाता
४६१ पटक

लक्ष्मी भण्डारी/सुर्खेत
वीरेन्द्रनगर,१६ जेठ : पछिल्लो समय महिला तथा बालवालिकामाथी हिंसाका घटनाहरु बढ्दै गइरहेको भन्दै महिला तथा किशोरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको छ। महिला तथा किशोरीहरु माथि हुने यौन हिंसाका घटनाहरु कम गर्न विश्व खाद्य कार्यक्रमले बिहीवार वीरेन्द्रनगरमा आत्मरक्षाको तालिम आयोजना गरेको छ ।

तालिममा आफु माथि हिंसा कसरी हुँदै छ भनेर थाह पाउने तरिका, आक्रमणबाट बच्नको लागि मानसिक रुपमा कसरी तयारी हुने तथा घटनाबाट कसरी सुरक्षित हुने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो। तालिममा फाइटब्याकका प्रमुख प्रशिक्षक उत्तम थापा मगरले किशोरी तथा महिलाहरुले हिंसा बाट बच्नको लागि सुरक्षित हुने उपायहरुको बारेमा प्रयोगात्मक रुपमा प्रशिक्षण दिएको बताउनुभयो।

आफुमाथि हुने आक्रमणको प्रतिकार गर्न सकेमा हिंसाबाट बच्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘हामीले हिंसाको प्रतिकार गर्न मानसिक सँगै शारीरिक रुपमा तयार कसरी हुने भनेर सिकाएका छौ।

तालिममा अर्का प्रशिक्षक अरमान पाण्डेले मद्दत मागेको २० सेकेण्डमा मद्दत नपाउने ठाउँहरु हिसांको उच्च जोखिममा रहेको बताउनुभयो। संस्थाले विभिन्न ठाउँका स्कुल कलेज तथा संस्थाहरुमा आत्मरक्षाका तालिमहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो।

तालिमका सहभागी दलित महिला संघ सुर्खेतका सचिव खगिसरा वलीले ग्रामीण स्तरमा यस्ता खालका तालिमहरु सञ्चालन गरेमा हिंसाका घटनाहरु केही हदसम्म कम हुने बताउनुभयो । तालिममा कर्णाली र सुदूरपश्चिम प्रदिेशका विभिन्न संस्थाहरुमा आवद्ध महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

महाप्रसाद वितरण गर्दै मनाइयो मारवाडी युवा दिवस

रंगेली (मोरङ)- मारवाडी युवा दिवसको अवसरमा रंगेली–७ स्थित मुख्य बजारमा रहेको श्री काली मन्दिरमा शनिबार...

बुद्ध एयरको विमान भद्रपुरमा रनवे नाघ्यो, चालक दलसहित ७ घाइते

काठमाडौ -काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे...

आज २०८२ साल पुष १९ गतेको राशिफल

आज पुष १९, २०८२ (जनवरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...