News Portal

यौन हिंसा कम गर्न आत्मरक्षा तालिमको आयोजना

हिमाली संचार संवाददाता
४९४ पटक

लक्ष्मी भण्डारी/सुर्खेत
वीरेन्द्रनगर,१६ जेठ : पछिल्लो समय महिला तथा बालवालिकामाथी हिंसाका घटनाहरु बढ्दै गइरहेको भन्दै महिला तथा किशोरीहरुलाई आत्मरक्षाको तालिम प्रदान गरिएको छ। महिला तथा किशोरीहरु माथि हुने यौन हिंसाका घटनाहरु कम गर्न विश्व खाद्य कार्यक्रमले बिहीवार वीरेन्द्रनगरमा आत्मरक्षाको तालिम आयोजना गरेको छ ।

तालिममा आफु माथि हिंसा कसरी हुँदै छ भनेर थाह पाउने तरिका, आक्रमणबाट बच्नको लागि मानसिक रुपमा कसरी तयारी हुने तथा घटनाबाट कसरी सुरक्षित हुने भन्ने विषयमा प्रशिक्षण दिइएको थियो। तालिममा फाइटब्याकका प्रमुख प्रशिक्षक उत्तम थापा मगरले किशोरी तथा महिलाहरुले हिंसा बाट बच्नको लागि सुरक्षित हुने उपायहरुको बारेमा प्रयोगात्मक रुपमा प्रशिक्षण दिएको बताउनुभयो।

आफुमाथि हुने आक्रमणको प्रतिकार गर्न सकेमा हिंसाबाट बच्न सकिन्छ’ उहाँले भन्नुभयो, ‘हामीले हिंसाको प्रतिकार गर्न मानसिक सँगै शारीरिक रुपमा तयार कसरी हुने भनेर सिकाएका छौ।

तालिममा अर्का प्रशिक्षक अरमान पाण्डेले मद्दत मागेको २० सेकेण्डमा मद्दत नपाउने ठाउँहरु हिसांको उच्च जोखिममा रहेको बताउनुभयो। संस्थाले विभिन्न ठाउँका स्कुल कलेज तथा संस्थाहरुमा आत्मरक्षाका तालिमहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो।

तालिमका सहभागी दलित महिला संघ सुर्खेतका सचिव खगिसरा वलीले ग्रामीण स्तरमा यस्ता खालका तालिमहरु सञ्चालन गरेमा हिंसाका घटनाहरु केही हदसम्म कम हुने बताउनुभयो । तालिममा कर्णाली र सुदूरपश्चिम प्रदिेशका विभिन्न संस्थाहरुमा आवद्ध महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...