News Portal

बझाङको केदार माविका प्रअ बाेहरा अनुगमन टोली आउदा हाजिरी लगाएर घर गएपछि..

हिमाली संचार संवाददाता
६५७ पटक

उत्तम कुमार थापा
बझाङ, १५ जेठ : वित्थडचिर गाउँपालीका वडा नम्बर १ मा पर्ने केदार माध्यामिक विद्यालयका प्रधानाध्यापक रण बहादुर बाेहरा हाजिरी लगाउदै घर गएर घरकाे काममा व्यस्त रहेकाे पाईन्छ। अहिलेकाे वदलिदाे समाज सँगसँगै देश पनि माेडीएकाे छ ।

गुणस्तरीय शिक्षा अाजकाे अावश्यकता भन्ने मुल नारालाई मध्येनजर गर्दै, स्थानीयतह वित्थडचिर गाउँपालीकाले शिक्षालाई बिशेष जाेड दिदै अाएकाे पाईन्छ। वित्थडचिर गाउँपालीकाले गाउँघरमा रहेका प्रत्येक विद्यालयमा शिक्षा गुणस्तरहिन नहुन दिन, राम्रो शिक्षाको सुरुवात गर्न ठुलाे लगानी लगाएकाे छ।

गाउँपालीकाले नयाँ बर्ष सगै विद्यालयहरुमा विद्यार्थीहरु कती भर्ना भए, विद्यालयमा कसरी पढाइ भैईरहेकाे छ। विद्यालयमा देखापरेका समस्या केके हुन भन्ने सन्दर्भमा यहि जेठ १४ गते गाउँपालीकाका शिक्षा सँयाेजक तथा वडा नम्बर ७ का अध्यक्ष प्रशाद बहादुर बिष्टकाे नेतृत्वमा केदार माध्यामिक विध्यालय र कालिका वालजाेती विद्यालयमा अनुगमन गरिएको हाे ।

समस्या समाधान र चुनाैतिलाई कसरी समाधान गर्न सकिन्छ भन्ने हेतुले गरेको अनुगमनका क्रममा पहिलो अनुगमन केदार माध्यमिक विद्यालयमा गरिएको हाे । अनुगमन गर्न पुगेको टाेलिले विद्यालय परिसरमा पुग्दा त्यस विद्यालयका प्र.अ. रण बहादुर बहादुर बाेहरा कसैलाई नसाेधि निमित्त प्रअ पनि नदिएर घर दाैडेकाे शिक्षा सँयाेजक प्रशाद विष्टले बताए ।

उनले भने विद्यालय स्राेत व्याक्तिलाई पनि साेधेकाे छैन, निमित्त प्र.अ. पनि दिएकाे छैन। हामीले प्र.अ.लाई साेध्दा निमित्त दिएर अाएकाे जिकिर गरे तर निमित्त भनेर छाेडेकाे कुनै प्रमाण थिएन। निमित्त भनिएका बिष्णु सिह बाेहराकाे भनाइ यस्ताे छ – मलाई केही थाहा छैन। स्राेत व्यक्तिलाई साेधेर गएकाे जस्तो लाग्छ । स्थानीय तह वित्थडचिर गाउँपालीकाले शिक्षा सुधारका लागि गुणस्तरीय शिक्षा अाजकाे अावश्यकतालाई मध्येनजर गर्दै गाउँपालीका भित्रका प्रत्येक शिक्षकहरुलाई प्रावि १० हजार, निमावि १२ हजार, मावि शिक्षकलाई १५ हजारका दरले दिने गरेता पनि, शिक्षकमा परिवर्तन अाउन सकेको छैन ।

अनुगमन गर्न पुगेको टाेलीमा शिक्षा संयाेजक प्रशाद बिष्ट, स्राेत व्याक्ति मदन, गाउँपालीका प्रवक्ता हर्क बहादुर धामि शिक्षक सँगठनका अध्यक्ष अर्जित खडायत, शिक्षक संघ अध्यक्ष जय बहादुर बाेहरा लगायतकाे टाेलिले अनुगमन गरेकाे हाे। अनुगमन टाेलिका अनुसार केदार माध्यामिक विद्यालयमा खानेपानीको समस्या, ५० वटा डेस्क बेञ्चकाे अपुग रहेकाे उल्लेख गरिएको छ ।

तर अनुगमन टाेलिले त्यस विद्यालयका प्र.अ. अनुगमन टाेलि विद्यालय परिसर पुगेपछि सुटुक्क घर भागेकाे दावि गरेका छन। नेपाल सरकारकाे तलव खाएर गरिवका छाेराछोरी ल पढाउनु पर्ने ठाउँमा केदार माविका प्रअ भने हाजिरी लगाउदै घर जाने घरकाे काममा व्यस्त हुनेगरेकाे स्राेतकाे भनाई छ ।

केदार माद्यामिक विद्यालयमा ५५४ विद्यार्थी भर्ना भएका थिए भने,४४८ जना विद्यार्थीहरु मात्र उपस्थिति हुने गरेकाे पाईएकाे छ। शिक्षा सुधारकालाई सेसन वाई सेसन पढाइ हुनेगरेकाे पाईन्छ। अनुगमन टाेलिले देखिएका सबै समस्या अब चाडै समाधान हुने बताउनुभएको हाे ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...