News Portal

कानेपाेखरी रंगेली सडक कालोपत्रे सुरु, गेउरीया पुलअझै अलपत्र !

हिमाली संचार संवाददाता
५८९ पटक

रबिन्द्र बराल
जेठ,१५ बुधबार : माेरङकाे कानेपाेखरी रंगेली सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका २ स्थित गाेउरीया पुल अझै अलपत्र अबस्थामा रहेको छ। २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेविले १ कराेड १८ लाख रुपैयाँ ठेक्का लिएता पनि हालसम्म उक्त पुलकाे ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे र भागे पछि स्थानीय निरास भएका छन ।

वडा नम्बर २ का वडाध्यक्ष सुशील वुढाथाेकीले भने अाफुहरुले समेत उक्त पुलकाे काम ढिलाई भएको जानकारी सडक बिभागमा, प्रदेश सरकार र केन्द्र सरकारलाई बारम्बार जानकारी गरि सकेता पनि अहिलेसम्म कसैले पनि चासाे नदेखिएको उनलेे बताए।

लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले रंगेली कानेपाेखरीकाे सडक कालोपत्रे गर्नेकाम सुरु गरी सकेेेता पनि गेउरीया पुल नबन्दा सडक कालोपत्रे भएको कुनै अर्थ नरहने स्थानीय हरु बताउँछन्। रंगेली नगरपालिका–९,र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोक जोड्नलाई ठेकेदार कम्पनीले सडक कालोपत्रे गर्न सुरु गरेको हो ।

ठेकेदार कम्पनीले पहिलो पटक र्फासाडाँगी चोकबाट उत्तर कानेपोखरी चोकसम्म १५.४४ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेको छ। ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने भएको हाे। पिच गरिएको दायाँबायाँ २ मिटर ग्राभेल लगाई सकेको छ। पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्त भित्र सक्ने योजना रहेको लामा डाँफे द कन्चनजंधा कन्ट्रसनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाले बताए।

उनलेे भने वर्षा याम सुरु भएमा पछि फर्सडागि देखि रंगेली सम्मकाे सडक पछि कालोपत्रे गरिने समेत बताए । अनुसार २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता काम भने पूरा गर्न नसकिने भएको देखिन्छ।

कानेपोखरी–रंगेली सडक हुलाकी राजमार्ग र महेन्द्र राजमार्ग जोड्ने भित्री सडक हो । २५.४ किलोमिटर लम्बाईको योजनामा कूल रु ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयामा सडक निर्माणको लागी ठेक्का लागेको थियो।

सरकारले कानेपोखरी–रंगेली सडकखण्डका उपभोक्ताको जग्गा अधिग्रहण गरेबापत ५ करोड ६ लाख ५६ हजार १६ मुआब्जा वितरण गरेको थियो। अहिले गेउरीया पुल निर्माण नहुदाँ ड्राइभेसनबाट ठुलाे गाडीमा संन्चालन गर्न स्थानीय बाध्य रहेका छन ।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...