News Portal

भारतीय बाटो हुँदै कुवेत लैजाँदै गर्दा ३ युवती पक्राउ

हिमाली संचार संवाददाता
४६४ पटक

भद्रपुर, १४ जेठ : भारतको बाटो हुदै मानव तस्करले कुवेत लैजादै गरेका ३ युवतीको उद्धार गरिएको छ भने संलग्न ३ जनालाइ पक्राउ गरिएको छ। झापाको काँकडभिट्टा नाकाबाट लैजादै गरेको अवस्थामा साना हातहरु नेपाल, आफन्त नेपाल र प्रहरीको सहयोगमा नेपालभारतको सिमाबाट उद्धार गरिएको हो ।

मोरङ्का २ र झापाका १ जना युवती रहेका छन् भने युवती लैजानेमा संलग्न ३ जना झापाका पक्राउ परेका छन् । उद्धार गरिएका युवतीहरुमा मोरङ् सुनवर्सी नगरपालिका वस्ने ४६ वर्षिया, मोरङ कै उर्लाबारी नगरपालिका कि २५ वर्षिया र भद्रपुर नगरपालिका वस्ने ३१ वर्षिया युवतीलाइ उद्धार गरिएको सानाहातहरु नेपाल भद्रपुरका कर्मचारी बिक्रम वाग्लेले जानकारी दिए।

उनिहरुलाइ दलालले नै राहदानी वनाइदिएर कुवेत लैजादै गरेको खुलेको उनले बताईन । अवैध बाटोबाट गइरहेका युवतीलाइ उद्धार गरिरहेपनि जानेको सङ्ख्या नघटेको उनको भनाइ छ । घटना शुक्रबार भएको र सोमबार उनिहरुलाइ परिवारको जिम्मा लगाइएको जनाइएको छ।

युवती लैजानेमा संलग्न भद्रपुर ४ ज्ञाने चोकका ३१ वर्षिय मङ्गल सिं तुम्हाम्फे लिम्बू, सोही वाडका फल्गुनन्द चोक कि ३० वर्षिया मिना थापामगर र मेचीनगरनगरपालिका १४ का ४५ वर्षिय मुलुकचन्द राजवंशी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

पक्राउ परेका मङ्गल सिंबाट दुइथान राहदानी समेत फेला पारिएको इलाकाका डिएसपी महेश थापाले बताए। आरोपितलाइ मानव बेचबिखन तथा ओसारपसारमा आइतबार मुद्दा दर्ता गराइएको डिएसपी थापाले जानकारी दिए। (नेस)

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...