News Portal

भारतीय बाटो हुँदै कुवेत लैजाँदै गर्दा ३ युवती पक्राउ

हिमाली संचार संवाददाता
४८७ पटक

भद्रपुर, १४ जेठ : भारतको बाटो हुदै मानव तस्करले कुवेत लैजादै गरेका ३ युवतीको उद्धार गरिएको छ भने संलग्न ३ जनालाइ पक्राउ गरिएको छ। झापाको काँकडभिट्टा नाकाबाट लैजादै गरेको अवस्थामा साना हातहरु नेपाल, आफन्त नेपाल र प्रहरीको सहयोगमा नेपालभारतको सिमाबाट उद्धार गरिएको हो ।

मोरङ्का २ र झापाका १ जना युवती रहेका छन् भने युवती लैजानेमा संलग्न ३ जना झापाका पक्राउ परेका छन् । उद्धार गरिएका युवतीहरुमा मोरङ् सुनवर्सी नगरपालिका वस्ने ४६ वर्षिया, मोरङ कै उर्लाबारी नगरपालिका कि २५ वर्षिया र भद्रपुर नगरपालिका वस्ने ३१ वर्षिया युवतीलाइ उद्धार गरिएको सानाहातहरु नेपाल भद्रपुरका कर्मचारी बिक्रम वाग्लेले जानकारी दिए।

उनिहरुलाइ दलालले नै राहदानी वनाइदिएर कुवेत लैजादै गरेको खुलेको उनले बताईन । अवैध बाटोबाट गइरहेका युवतीलाइ उद्धार गरिरहेपनि जानेको सङ्ख्या नघटेको उनको भनाइ छ । घटना शुक्रबार भएको र सोमबार उनिहरुलाइ परिवारको जिम्मा लगाइएको जनाइएको छ।

युवती लैजानेमा संलग्न भद्रपुर ४ ज्ञाने चोकका ३१ वर्षिय मङ्गल सिं तुम्हाम्फे लिम्बू, सोही वाडका फल्गुनन्द चोक कि ३० वर्षिया मिना थापामगर र मेचीनगरनगरपालिका १४ का ४५ वर्षिय मुलुकचन्द राजवंशी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

पक्राउ परेका मङ्गल सिंबाट दुइथान राहदानी समेत फेला पारिएको इलाकाका डिएसपी महेश थापाले बताए। आरोपितलाइ मानव बेचबिखन तथा ओसारपसारमा आइतबार मुद्दा दर्ता गराइएको डिएसपी थापाले जानकारी दिए। (नेस)

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...