News Portal

गगन थापाको भासण सुन्न खाली भएको हल अकस्मात खचाखच भरिएपछी..

हिमाली संचार संवाददाता
५०४ पटक

काठमाडौं, १४ जेठ : नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले शान्ति सुरक्षा दिन नसक्ने गृहमन्त्री रामबहादुर थापालाई राजीनामा दिन सुझाव दिएका छन् । नेपाल प्रेस युनियनको २८औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विप्लवको प्रवक्ता बन्ने गृहमन्त्रीलाई पदमा बस्ने अधिकार नरहेको बताए ।

‘हामीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो’, थापाले भने, ‘तर्साउने गृहमन्त्री चाहिएको होइन। शान्तिसुरक्षा दिन नसक्ने गृहमन्त्रीले आजै राजीनामा दिनुपर्छ । विप्लवले जनसेना गठन गरेको र उपत्यकालाई केन्द्र बनाएको भन्ने गृहमन्त्रीको भनाइको थापाले आलोचना गरे। उनले विप्लवबारे यति जानकारी राख्दाराख्दै पनि किन सुरक्षा दिन नसकेको भन्दै प्रश्न गरेका थिए ।

कांग्रेसका युवा नेता थापाले कम्युनिस्ट सरकारले अधिनायकवाद तर्फ जान लागेको बताए। ‘राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं’, उनले भने, ‘अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ। युवा नेता थापाले त्यसका लागि कांग्रेसको सुदृढीकरण हुन जरुरी रहेको बताए । उनले आतंक, आपराधिक घटनाको पनि विरोध गरेका छन् ।

नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियानको आलोचना गरेका युवा नेता थापाले महाधिवेशन गरेर नयाँ संविधानअनुसार कांग्रेसलाई व्यवस्थापन गर्नुपर्ने बताए। नयाँ संविधान कांग्रेसकै नेतृत्वमा बनायौँ’, उनले भने, ‘कांग्रेसलाई नयाँ संविधान संघीयताले चिन्दैन। अहिले अधिवेशन गरेर संविधानअनुसार कांग्रेसलाई ढाल्ने बेला जागरण अभियान चलाउनु ठीक होइन ।

नेपाली कांग्रेसका युवा नेता थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शुरू गरेको हिंसाको राजनीतिलाई कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताएका छन् । उनले विप्लवलाई हिंसाको राजनीति त्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन सुझाव दिएका छन् ।

कार्यक्रममा अन्य नेताहरू बोल्दै गर्दा हल खाली थियो। गगनको बोल्ने पालो आएपछि हल खचाखच भरिएको थियो। गगनले बोल्दै गर्दा हलमा सन्नाटा छाएको थियो। सबैले गगनको सम्बोधनलाई ध्यानपूर्वक सुनेका थिए ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...