News Portal

सुर्यमुखी खेतीकाे वजार नहुदा कृषक निरास

हिमाली संचार संवाददाता
३५५ पटक

रबिन्द्र बराल
जेठ,१३ साेमबार : पुर्वी माेरङका कृषकहरु सुर्यमुखि खेती तर्फ अाकर्सित भएता पनि वजार नपाउदा चिन्तित भएका छन। रंगेली नगरपालिका ३ स्थित रंजनीका प्रत्येक घरका कृषकहरुले अाफुलाई उपयोग गर्नेका लागि ५ देखि १० कठ्ठा खेतीमा सुर्यमुखि खेती गर्ने गरेका छन ।

किसानहरुले अाफुलाई खानका लागि प्रयोग हुने भएकाले सुर्यमुखी खेती गर्ने गरेको गाेपाल घिमिरेले बताए। स्वास्थ्यका लागि सुर्यमुखी तेल स्वास्थ्यकर र लाभदायक हुने भएकोले कृषकहरु अाकर्सित भएको घिमिरेले बताए।

यहाँका कृषकहरुले सुर्यमुखी खेती गर्ने अाकर्सित भएता पनि कुन ठाउँमा बिक्रीवितरण गर्ने हाे भन्ने कुनै जानकारी नभएकाले थाेरै ठाउँमा उव्जनी गर्ने गरेको कृषकहरु बताउँछन्। वजारमा बिक्रीवितरण हुने ठाउँ थहा पाए अाफुहरुले बिगाै बिगाहा सुर्यमुखी खेती गर्ने रतन मणि माैनालीले बताए।

सुर्य मुखि खेती गर्ने बलाैटाे माटाे उपयुक्त र राम्रो उत्पादन हुने कृषकहरु बताउँछन् । एक केजी बीउ वजारमा प्रति केजी १२ सय रुपैयाँ देखि २५ सय रुपैयाँ सम्म पर्ने गरेको र एक केजीले एक बिधा खेती सम्म लगाउन सकिने र उत्पादनमा समेत राम्रो अाम्दानी हुने मैनालीले बताए। सुर्य मुखी खेती फाल्गुनमा छरेर साउन महिनामा टिप्ने गरेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...