News Portal

बम विष्फोट प्रकरणमाः विप्लवले निकाले यस्तो विज्ञप्ति

हिमाली संचार संवाददाता
४२४ पटक

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परेर आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको स्वीकारेको छ । सोमबार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी सो घटनामा ४ जनाको निधन भएको बताएका हुन् ।

विज्ञप्तिमा  विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जवसका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको निधन भएको जनाइएको छ । महासचिव विप्लवले यो घटना हुनुमा मुख्य दोषी केपी सरकार र उसको फाँसीवादी दमन मुख्य कारण रहेको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ । विज्ञप्तिमा राज्य आतंक, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध भएर संघर्षमा अघि बढ्न विशेष आह्वान समेत गरिएको छ । सो पार्टीले गत जेठ ७ गते भोजपुर र खोटाङको सीमानामा पार्टी सदस्य तिर्थराज घिमिरेको हत्याको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...