News Portal

दार्चुलामा अज्ञात व्यक्तिद्वारा महरा दम्पतीको हत्या

हिमाली संचार संवाददाता
४८५ पटक

किरन धामी
दार्चुला, १३ जेठ : दार्चुलामा शनिबार राति अज्ञात व्यक्तिले महरा दम्पतीको हत्या गरेर फरार भएका छन् । महाकाली नगरपालिका–३ काँटै भन्ने स्थानमा चिया, किराना पसल थापेर बस्दै आएका ७० वर्षीय वीरभान महरा र उनकी ६३ वर्षीया श्रीमती द्रोपती महराको हत्या भएको प्रहरीले जनाएको छ। अज्ञात व्यक्तिले लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।

घटनाबारे प्रहरीलाई आइतबार बिहान मात्रै खबर आएको उहाँले बताउनुभयो। द्रोपती महराको घटनास्थलमै तथा उनका श्रीमान् वीरभान महराको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।

आक्रमणबाट गम्भीर घाइते भएका उनका नाति १२ वर्षीय लोकेश महराको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको उहाँले जानकारी दिनुभयो । लोकेश भागेर बाच्न सफल भएका हुन्। शनिबार राती १२ बजेतिर मास्क लगाएर आएको अज्ञात व्यक्तिले आक्रमण गरेको घाइते लोकेशले प्रहरीलाई बताएको उहाँले जानकारी दिनुभयो ।

पीडित परिवारले दिएको जानकारीअनुसार मृतक द्रोपतीको कानमा मुन्द्रा र घाँटीमा तिलहरी रहेको तथा घटनास्थलमा नभेटिएको उहाँले बताउनुभयो। मृतक द्रोपतीको शव घटनास्थलमै राखिएको छ। घटनाको थप अनुसन्धाका लागि धनगढीबाट तालिम प्राप्त कुकुरहरु ल्याइएको तथा आइतबार राति नै कुकुरहरु प्रयोग गरिने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...