News Portal

उपसभामुखका अंगरक्षक(महिला प्रहरी) माथि यौन प्रस्ताव राख्ने स्वकीय सचिवको पद चैट

हिमाली संचार संवाददाता
५७४ पटक

जेठ १२, धनगढी : सुदूरपश्चिम प्रदेशमा उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने उपसभामुखकै स्वकीय सचिव बर्खास्त भएका छन्। उपसभामुख निर्मला बडाल जोशीकी अंगरक्षक महिला प्रहरीलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि पदबाट हटाइएको हो।

स्वकीय सचिव भट्टले महिला प्रहरीलाई यौन प्रस्ताव गरेको खबर केही दिन पहिले बाहिर आएको थियो। स्वकीय सचिव भट्टले पदीय आचरण विपरित काम गरेको भन्दै तीब्र आलोचना भएपछि उनलाई जिम्मेवारीबाट हटाइएको उपसभामुखको सचिवालयले जनाएको छ।

बिगतमा पनि उपसभामुखका अंगरक्षकलाई उनले यौन प्रस्ताब राख्ने गरेको स्रोतले बताएको छ। स्वकीय सचिवकै हर्कतबाट हरेक दुई महिनामा अंगरक्षक फेरिने गरेको स्रोतको दाबी छ। पछिल्लो पटक अंगरक्षक फेरिएलगत्तै यौन प्रस्ताव गरेको खबर बाहिर आएको थियो।

सुदूरपश्चिम प्रदेश नेकपाका सह इञ्चार्ज समेत रहेका उपसभामुख जोशीका श्रीमान लक्ष्मणदत्त जोशी सहितका नेकपाका नेताहरूको निर्देशनमा भट्टलाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाइएको थाहाखबरले जनाएको छ।

अघिल्लो समाचार

उपसभामुखका स्वकीय सचिवको यौन प्रस्ताव अस्विकार गर्दा अंगरक्षकबाट हटिन् महिला प्रहरी 

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...