News Portal

डा. बाबुराम भट्टराईलाई गृहजिल्लामै झड्का, कांग्रेसमा २५ जनाले गरे पार्टी प्रवेश

हिमाली संचार संवाददाता
४४२ पटक

गोरखा, ११ जेठ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको तत्कालीन नयाँशक्ति पार्टीबाट नेता कार्यकर्ताले छाड्न थालेपछि उनलाई गृहजिल्ला गोरखामै झड्का लागेको छ। गोरखामा नयाँशक्ति लगायत विभिन्न पार्टी छाडेर २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शहीद लखन गाउँपालिका–८ बुङकोटमा नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेपाली कांग्रेस शहीद लखन गाउँपालिका–८ का ईन्द्रराज ढकाल अध्यक्षतामा, राष्ट्रिय जागरण अभियानका अभियान्ता केन्दिय प्रतिनिधि रामचन्द्र प्रोख्रेलको प्रमुख आथित्यता, कांग्रेस गोरखा पार्टी सचिव नन्दु न्यौपाने, सहसचिव नारायण लामिछाने लगायत कृष्ण आले, धिरण थापा, क्षेत्रीय सदस्य तथा वडाध्यक्ष शरण श्रेष्ठको विशेष आथित्यता, कांग्रेस आमन्त्रित सदस्य काशिनाथ अंगाई लगायत भातृ संस्था तरुण दल, महिला संघ, दलित संघ, शिक्षक संघका प्रतिनिधि, अथिति महानुभाव, स्थानीय वासिन्दा, समाजसेवीको बाक्लो उपस्थिति रहेको थियो ।

नयाँ शक्ति पार्टी तथा शहिद लखन गाउँपालिकाका संयोजक रुद्रबहादुर पुलामी लगायत व्यक्ति कांंग्रेसमा प्रवेश गरेका थिए । सोही अवसरमा कार्यक्रम वडा पार्टीका अग्रज व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...