News Portal

डा. बाबुराम भट्टराईलाई गृहजिल्लामै झड्का, कांग्रेसमा २५ जनाले गरे पार्टी प्रवेश

हिमाली संचार संवाददाता
४८१ पटक

गोरखा, ११ जेठ : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको तत्कालीन नयाँशक्ति पार्टीबाट नेता कार्यकर्ताले छाड्न थालेपछि उनलाई गृहजिल्ला गोरखामै झड्का लागेको छ। गोरखामा नयाँशक्ति लगायत विभिन्न पार्टी छाडेर २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शहीद लखन गाउँपालिका–८ बुङकोटमा नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन् ।

राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेपाली कांग्रेस शहीद लखन गाउँपालिका–८ का ईन्द्रराज ढकाल अध्यक्षतामा, राष्ट्रिय जागरण अभियानका अभियान्ता केन्दिय प्रतिनिधि रामचन्द्र प्रोख्रेलको प्रमुख आथित्यता, कांग्रेस गोरखा पार्टी सचिव नन्दु न्यौपाने, सहसचिव नारायण लामिछाने लगायत कृष्ण आले, धिरण थापा, क्षेत्रीय सदस्य तथा वडाध्यक्ष शरण श्रेष्ठको विशेष आथित्यता, कांग्रेस आमन्त्रित सदस्य काशिनाथ अंगाई लगायत भातृ संस्था तरुण दल, महिला संघ, दलित संघ, शिक्षक संघका प्रतिनिधि, अथिति महानुभाव, स्थानीय वासिन्दा, समाजसेवीको बाक्लो उपस्थिति रहेको थियो ।

नयाँ शक्ति पार्टी तथा शहिद लखन गाउँपालिकाका संयोजक रुद्रबहादुर पुलामी लगायत व्यक्ति कांंग्रेसमा प्रवेश गरेका थिए । सोही अवसरमा कार्यक्रम वडा पार्टीका अग्रज व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...