News Portal

“सारथि साहित्य प्रतिष्ठान” नामकरण गर्दै अल्झिएको साहित्य परिवारको वार्षिकोत्सब सम्पन्न

हिमाली संचार संवाददाता
५३३ पटक

काठमाडौं, ११ जेठ : अल्झिएको साहित्य परिवारले आफ्नो प्रथम वार्षिकोत्सबको अवसर पारेर आफ्नो संस्थाको नयाँ नाम “सारथि साहित्य प्रतिष्ठान” नामकरण गरेको छ। डिल्लीरमण पुस्तकालयको हल लाजिम्पाटमा दिउँसो ११:०० बजे देखी शुरु भएको कार्यक्रममा प्रमुख अतिथी डा.घनश्याम न्यौपाने “परिश्रमी” ले कार्यक्रम तथा संस्थाको नयाँ नामको औपचारिक रूपमा उद्घाटन गरेका थिए।

संस्थाका उपाध्यक्ष रुकेश “रुस” चौलागाईंको सभापतित्वमा संचालन भएको कार्यक्रममा विशिष्ट अतिथीहरु पोष्टराज चापागाईं, कलानिधी दाहाल साथै विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधिहरु तथा कार्यक्रम हलमा धेरै भन्दा धेरै साहित्यिक अनुरागी मनहरुको निकै बाक्लो उपस्थिति रहेको थियो।

कामको शिलशिलामा संस्थाका अध्यक्ष सिताराम खड्का देश बाहिर रहेकाले अडियो रेकर्ड मार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी सदस्य प्रमिला खरेलले गरेकी थिईन त्यस्तै संस्थाको वार्षिक प्रतिवेदन अर्थ सचिब जानकी भण्डारीले प्रस्तुत गरेकी थिईन।

सोही अवसरमा संस्थाले गजलकार वसन्त ओलि “वसन्ती” र सजना वाइबा “सन्ध्या” साथै कवि नारायण प्रसाद पौडेललाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरेको थियो भने अतिथीहरुलाई कदरपत्र र कार्यक्रम संचालक राजन न्यौपाने लगायत अन्य संस्थाका अध्यक्ष/प्रतिनिधि र आयोजक टिमका सदस्यहरुलाई संस्थाको लोगो अंकित मायाको चिनो वितरण गरेको थियो।

संस्थाका सचिव बासु सापकोटाले कार्यक्रमको बारेमा जानकारी दिदै कार्यक्रम भब्यताका साथ सम्पन्न भएको र उपस्थित सबै प्रती आभारी रहेको भन्दै धन्यवाद ज्ञापन गरे। साथै नेपाली भाषा साहित्यको जगेर्ना र उत्थानको निम्ति आउँदो दशैंको अवसर पारेर कुनै एउटा साहित्यिक कार्यक्रम गर्ने र संस्थाको दोश्रो वार्षिकोत्सबको अवसर पारेर संयुक्त गजल संग्रह प्रकाशनमा ल्याउने तयारी गर्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...