आज : २०२६-०६-०८, सोमबार

==== गजल ====

जवानी हुदा भट्टीकी साउनी खास बनायौ कान्छा
पाँच दिन घर बाँकी दिन वन बास बनायौ कान्छा

तिमीसँगै लडीवुढी गर्ने ठुलो रहर थियो मलाई
सबै रोमान्टिक रहरहरु बकवास बनायौ कान्छा

चाउरी परे नजिक-नजिक नहोउ अवश्यकता छैन
पहिले आँशु अनि रोदनको गास बनायौ कान्छा

तिम्रो पर्खाइमा बर्बराउँदै सुतेका यादहरु ताजै छन
न राडी न पोयाली झै जिउदो लास बनायौ कान्छा

शरिरमा रगत सकियो ऊ बेला वखत गयो निरासै
बुढेशकाल के फाईदा उमेरमा दास बनायौ कान्छा

तिमीले पिटेका निलडाम शरिरमा आजसम्म छन
आएको जवानी पनि त्यसै सर्बनास बनायौ कान्छा।।

दल बहादुर शाही
हेलोखार्पूनाथ गाउँपालिका हुम्ला कर्णाली
हाल : कैलाली