News Portal

सुर्खेतमा व्यवसायी हत्याको आरोपमा ३ जना पक्राउ

हिमाली संचार संवाददाता
५५९ पटक

जेठ ७, काठमाडौं : करिब ३ महिनाअघि सुर्खेतको वीरेन्द्रनगर–१ मा हत्या गरिएका व्यवसायी चन्द्रप्रसाद जैशी आचार्यको हत्यामा संलग्न भएको आशंकामा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुद्धपथमा पसल सञ्चालन गर्दै आएका नन्दकल विष्ट, उनका श्रीमान कृष्ण विष्ट र छोरी विन्दु विष्ट छन् ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख एसपी वसन्त रजौरेले उनीहरुविरुद्ध सोमबार ज्यान मुद्दामा म्याद थप गरिएको बताए। उनले अनलाइनखबरसँग भने, ‘हामीले पहिले पनि उहाँहरुलाई अनुसन्धानको दायरामा ल्याएका थियौं । यो पटक चाहिँ केही सबुत संकलन गरेर अदालतको अनुमतिमा पक्राउ गरिएको हो ।

यद्यपि, उनले अहिल्यै हत्याको कारण बारे निष्कर्ष निकालिहाल्न भने हतार हुने बताए। यसअघि १८ फागुनमा वीरेन्द्रनगरको जुम्ला रोडमा चिया पसल सञ्चालन गर्दै आएका आचार्यको १८ फागुनमा शव भेटिएको थियो । घटना भएको लामो समय वितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै मृतकका परिवारले प्रहरी प्रशासनको आलोचना समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

पैदलयात्रीमाथि आक्रमण गर्ने कार चालक पक्राउ

काठमाडौं, फागुन ५ – काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हानेको आरोपमा एक कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ५ फागुन — निर्वाचनसँग सम्बन्धित अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी र ‘राष्ट्र, राष्ट्रियता, धर्म,...

पैदलयात्रीमाथि हातपात गर्ने चालकको खोजी तीव्र

काठमाडौं, फागुन ६ — सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि कुटपिट गर्ने कार...

चितवन–३ मा सोविता गौतमलाई अघि सार्नु पार्टीको सामूहिक निर्णय : लामिछाने

चितवन, ५ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सोविता गौतमलाई चितवन–३...

अफवाह प्रकरणमा दुर्गा प्रसाईंविरुद्ध म्याद थपको तयारी

काठमाडौं, ५ फागुन — निर्वाचनसम्बन्धी भ्रामक अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म,...