News Portal

सुर्खेतमा व्यवसायी हत्याको आरोपमा ३ जना पक्राउ

हिमाली संचार संवाददाता
५४० पटक

जेठ ७, काठमाडौं : करिब ३ महिनाअघि सुर्खेतको वीरेन्द्रनगर–१ मा हत्या गरिएका व्यवसायी चन्द्रप्रसाद जैशी आचार्यको हत्यामा संलग्न भएको आशंकामा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुद्धपथमा पसल सञ्चालन गर्दै आएका नन्दकल विष्ट, उनका श्रीमान कृष्ण विष्ट र छोरी विन्दु विष्ट छन् ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख एसपी वसन्त रजौरेले उनीहरुविरुद्ध सोमबार ज्यान मुद्दामा म्याद थप गरिएको बताए। उनले अनलाइनखबरसँग भने, ‘हामीले पहिले पनि उहाँहरुलाई अनुसन्धानको दायरामा ल्याएका थियौं । यो पटक चाहिँ केही सबुत संकलन गरेर अदालतको अनुमतिमा पक्राउ गरिएको हो ।

यद्यपि, उनले अहिल्यै हत्याको कारण बारे निष्कर्ष निकालिहाल्न भने हतार हुने बताए। यसअघि १८ फागुनमा वीरेन्द्रनगरको जुम्ला रोडमा चिया पसल सञ्चालन गर्दै आएका आचार्यको १८ फागुनमा शव भेटिएको थियो । घटना भएको लामो समय वितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै मृतकका परिवारले प्रहरी प्रशासनको आलोचना समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...