News Portal

सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध कमेन्ट गरेको अभियोगमा तामाङ पक्राउ

हिमाली संचार संवाददाता
४९६ पटक

काठमाडौं, ७ जेठ : सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्री विरुद्ध अमर्यादित तथा धम्किपूर्ण कमेन्ट गरेको अभियोगमा काठमाडौं महानगरपालिका बानेश्वर बस्ने सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका २ का ३४ वर्षीय लाल बहादुर तामाङलाई सोमबार बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ । उनले ‘५० लाख दिनुस् ओलीलाई मारीदिन्छु’ भनी सामाजिक संजालमा कमेन्ट गरेको खुल्न आएको छ ।

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी नेपाली खबर अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ‘सलिम योन्जन तामाङ-भाई” नामक फेसबुक आईडी प्रयोगकर्ता निज तामाङले उक्त कमेन्ट गरेको खुल्न आएको छ ।

सामाजिक सञ्जालमा उक्त कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...