News Portal

सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध कमेन्ट गरेको अभियोगमा तामाङ पक्राउ

हिमाली संचार संवाददाता
४४७ पटक

काठमाडौं, ७ जेठ : सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्री विरुद्ध अमर्यादित तथा धम्किपूर्ण कमेन्ट गरेको अभियोगमा काठमाडौं महानगरपालिका बानेश्वर बस्ने सिन्धुपाल्चोक लिसाँखु गाउँपालिका २ का ३४ वर्षीय लाल बहादुर तामाङलाई सोमबार बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ । उनले ‘५० लाख दिनुस् ओलीलाई मारीदिन्छु’ भनी सामाजिक संजालमा कमेन्ट गरेको खुल्न आएको छ ।

सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी नेपाली खबर अनलाईनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारीदिन्छु’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ‘सलिम योन्जन तामाङ-भाई” नामक फेसबुक आईडी प्रयोगकर्ता निज तामाङले उक्त कमेन्ट गरेको खुल्न आएको छ ।

सामाजिक सञ्जालमा उक्त कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...